Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, कार्तिक ०४, २०८२
☰
Logo मङ्गलबार, कार्तिक ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २. हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३. आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

  • ४. राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

  • ५. सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ६. रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ७. चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

  • ८. महेश बस्नेतको प्रस्तावः जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गरौँ

  • ९. ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

  • १०. बालेन र सुधन विरुद्ध चितवनमा युवा संघले दियो उजुरी, आगजनी, लुटपाट र तोडफोड गर्नेलाई पक्राउ गर्न माग

तिहारको पहिलो दिन: आज काग तिहार मनाइँदै

काठमाडौँ कार्तिक २
आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहारसहित सुरु भएको हो। बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकोले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार पर्व मनाइँदै छ।

तिहारलाई यमपञ्चक पनि भनिन्छ, जसको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन गाई तिहार र पाँचौँ दिन भाइटिका गरी पाँच दिनसम्म मनाइन्छ।

वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गरिन्छ। नेपाली समाजमा अझै पनि काग करायो भने पाहुना आउँछ भन्ने जनविश्वास रहेको छ। यस दिन बिहानै कागलाई आदरपूर्वक पूजा गरेर दही भात लगायतका मिठा परिकार अर्पण गर्ने चलन छ। ‘काकेन दधि भक्षितम्’ कागलाई दही भात खुवाएमा उसले यमराज समक्ष राम्रो सन्देश पुर्‍याउँछ भन्ने धार्मिक विश्वास छ।

कागलाई नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने पनि मान्यता छ। त्यसैले आजको दिन कागलाई प्रसन्न पार्दै यमदण्डरूपी संकटबाट मुक्त रहोस् भनेर प्रार्थना गरिन्छ। यो पर्वले धार्मिक पक्ष मात्र नभई मानिस र जनावरबिचको सम्बन्ध, पक्षीप्रति कृतज्ञता, तथा प्रकृतिप्रतिको सम्मानको सन्देश पनि दिन्छ।

कागोऽसि यमदूतोऽसि वायोसोऽसि माहामते ।

ईहं बलिं गृहाण त्वां त्रायस्व यमसङकटात् ।।

अर्थात तपाईँ कागको रूपमा हुनुहुन्छ, यमराजका दूत हुनुहुन्छ । तपाईँ वायुपतिका शक्ति (हवा वा गति) सँग सम्बन्धित हुनुहुन्छ । हे महामान्य व्यक्ति, हे बुद्धिमान् यहाँ म (दान/आहार/बलिदान) लिएर तपाईँलाई अर्पण गर्छु । मलाई यम (मृत्यु) का सङ्कटबाट मलाई बचाउनुहोस् भनी कागलाई सम्झनु पर्दछ वा खाना दिनु पर्दछ ।

धर्मशास्त्र अनुसार यमराजले पृथ्वीमा रहेका सबै जीवहरूको जन्म मृत्युको विवरण राख्ने गर्छन्। सो विवरण ल्याउने र लैजाने कार्य कागले गर्छ भन्ने विश्वास आज पनि रहँदै आएको छ। आकाश मार्गबाट छिटो सन्देश ल्याउने र पठाउने क्षमताका कारण यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति पाइन्छ।

त्यस्तै, अर्को धार्मिक किंवदन्ती अनुसार वैदिक कालमा असुरराज बलि अत्यन्त दानी राजा थिए, जसका कारण देवताहरू समेत त्रसित थिए। भगवान् विष्णुले वामन अवतार धारण गरी ब्राह्मणको भेषमा बलिसँग तीन पाउको स्थान माग्दा, उनले पृथ्वी, अन्तरिक्ष र अन्ततः आफ्नो शिर अर्पण गरेका थिए। विष्णुले बलिको दानशीलताबाट प्रसन्न भई उनलाई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म–पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ। यही अवधिमा तिहार पर्व मनाइने गरिन्छ।

आजको दिन काठमाडौँको कागेश्वरी मनोहरा महादेव मन्दिरमा विशेष पूजा आराधना भइरहेको छ। त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा तथा दर्शनका लागि भक्तजनको भीड लागेको छ।

Chitwan Aaja चितवन आज
आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु
आजको मौसम : आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना
आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

ताजा समाचार

सबै

भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

आजको मौसम : आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

विपिन जोशीको शव ल्याइयो नेपाल

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ धन धान्यकी देवी लक्ष्मी पूजा

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तिव्र

तोलामा ३ सयले बढ्यो सुनको मूल्य

प्रधानमन्त्री कार्कीको शुभकामना, ‘राष्ट्रिय सङ्कल्पका साथ अघि बढौँ’

तिहारको तेस्रो दिनः नरक चतुर्दशी, कुकुर तिहार मनाइँदै

राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

शङ्का लागेमा मेरो सम्पत्ति छानबिन गरियोस्ः अध्यक्ष ओली

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३.
    आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

  • ४.
    राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

  • ५.
    सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ६.
    रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech