काठमाडौं , असोज २७ –
सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेर कीर्तिमानी उचाइमा पुगेको छ ।
आजको कारोबारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । हिजो (आइतबार) सुनको कारोबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईको पà¥à¤°à¤¤à¤¿à¤•à¥à¤°à¤¿à¤¯à¤¾
समà¥à¤¬à¤¨à¥à¤§à¤¿à¤¤ समाचार






