बारा ,असोज २५ –
बारामा माटोको ढिस्कोमा पुरिएर मृत्यु भएका २ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका-६ की ७० वर्षीया सारदा देवी महतो र वडानम्बर- ५ बस्ने १५ वर्षीय सुनिल महतो रहेका छन् ।
६ जना घाइतेहरूमा वडानम्बर ६ का १४ वर्षीय साजन महतो, १८ वर्षीय गौतम मुखिया, वडानम्बर ५ का १५ वर्षीय नितेश महतो, १४ वर्षीया रानीकुमारी महतो र सुशीला कुमारी र १५ वर्षीय राजाबाबु शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।