काठमाडौँ असोज १४
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रहने सम्भावना रहेको जनाएको छ । यस्तै केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा सामान्यतया बदली रहने छ। तर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने देखिएको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।
आज राती कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भू-भागका एक-दुई स्थानमा पनि वर्षा हुने सम्भावना छ।
महाशाखाले हाल देशभर मनसुनी वायू र स्थानीय वायूको प्रभाव रहेको बताएको छ।