Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, असोज २८, २०८२
☰
Logo मङ्गलबार, असोज २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ७. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

  • १०. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

‘देश परिवर्तन भएको हेर्न चाहन्छौँ’ :सहिद परिवार

भक्तपुर, असोज ३ –
जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते गोली लागेर मृत्यु भएका भक्तपुर निवासी सहिदका परिवारको आँखा अझै ओभाएका छैनन् ।

छोरा सहिद भएको ११ दिन बित्दा पनि सहिद परिवारमा शोकको कुनै मूल्य नभएको बताउँदै सहिद परिवार भन्छन्, “उनीहरुको सपनाअनुसार देश परिवर्तन भएको हेर्न चाहन्छौँ ।” चाँगुनारायण नगरपालिका–२ दुवाकोट सोमथली निवासी २१ वर्षीय अभिषेक चौलागार्इंको २४ गते आन्दोलनकै क्रममा संसद् भवन परिसरमा गोली लागेर मृत्यु भएको थियो ।

दोलखा जिल्ला सैलुङ गाउँपालिका स्थायी घर भई भक्तपुर–दुवाकोटमा सानो घर बनाएर बस्दै आउनुभएका अभिषेकका पिता भने नेपाल प्रहरीमा कार्यरत हुनुहन्छ । गत भदौ २३ र २४ गते अभिषेकका बुबा दिनेश भने भक्तपुरस्थित सल्लाघारीमा प्रहरीको ‘ड्यिुटी’मै हुनुहुन्थ्यो ।

गत भदौ २४ गते सादा पोसाकमा ‘ड्यिुटी’मा खटिनुभएका दिनेशले छोरालाई आन्दोलनमा नजान भन्नुभएको थियो । उहाँ भन्नहुन्छ, “११ः१५ बजेसम्म म घरमै छु भन्थ्यो, अघिल्लो दिन आन्दोलनमा गए पनि २४ गते नजान भनेको थिएँ, देश भ्रष्टाचारले डुब्यो, परिवर्तन गर्नु छ भन्थ्यो, कतिखेर बानेश्वर पुगेछ, संसद् भवनमै छातीमा गोली लागेर करिब बेलुका ६ः३० बजेति मृत्यु भइसकेछ ।”

“रातभरि छोरा घरमा आएन, फोन लाग्दैन । आमाबुबालाई निकै सास्ती भयो । भदौ २५ गते अपराह्न अस्पतालमा शव भएको खबर आउँदा परिवारमा कसैको होस रहेन । बूढेसकालको एक मात्र साहारा, परिवारको आडभरोसा । २१ वर्षको एक मात्र छोरा गुमाउँदाको पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ”, उहाँ भन्नुहुन्छ ।

त्रिचन्द्र क्याम्पसमा होटल म्यानेजमेन्टमा स्नातक पढ्दै गरेका अभिषेकले परिवारको मञ्जुरीबिना नै आन्दोलनमा सहभागी हुँदा फोनमा भनेको कुरा भक्कानिँदै आमा रीता भन्नुहुन्छ, “देशका लागि केही गर्नेबेला आएको छ, देश परिवर्तनका लागि मर्नु परे पनि मर्छु, म आन्दोलनमा छुँ, चिन्ता नलिनु, आमा । अरू बेलामा पनि म विदेश जान्न, देशमै केही गर्छु भन्थ्यो, देशकै लागि जन्मेको रैछ, देशकै लागि गयो ।”

कक्षा १० पढ्दै गरेकी १५ वर्षीय एलिशालाई पनि दाजु गुमाउँदाको पीडाले छाडेको छैन । प्रहरीमा कार्यरत दिनेश भन्नुहुन्छ, “ऊ देशका लागि सहिद भयो, देश परिवर्तन भएको हेर्न चाहन्थ्यो, भ्रष्टाचार निर्मूल भएको हेर्न चाहन्थ्यो, यति भए उनीहरुले न्याय पाउँथे ।” भतिजको किरिया कर्ममा रहेका केशर भ्रष्टाचारमुक्त देश तथा कार्यकारी प्रधानमन्त्रीको सपना उनीहरू भएकाले त्यसैअनुसार हुनपर्ने बताउनुहुन्छ ।

त्यस्तै दोलखाको बिगु गाउँपालिका–३ स्थायी घर भई दुवाकोटस्थित किरिया घरमा छोराको शोकमा रहेका केशव बुढाथोकी दम्पतीको पीडा पनि उस्तै छ । भदौ २४ गतेको आन्दोलनका क्रममा कोटेश्वरमा गोली लागेर सहिद भएका २२ वर्षीय महेश बुढाथोकीका बुबा केशव र आमा दिलकुमारीको साहारा खोसिएको छ । एक वर्षअघि देखि क्यान्सर रोगले थलिएकी आमाको स्याहारसुसार, औषधि र अस्पतालको व्यवस्थापन गर्दै आएको छोरा सधैँका लागि अस्ताएपछि परिवार बेसहारा बनेका छ ।

ग्यास कम्पनीमा मजदुरी गर्दै आएका केशव भन्नुहुन्छ, “म सुकेधाराको ग्यास कम्पनीमा काम गर्छु, क्यान्सर रोगी आमाको सबै अभिभारा बोकेको थियो, वैदेशिक रोजगारीका लागि माल्टा जाने तयारी पनि गर्दै थियो, म्यानपावरलाई रु ५० हजार बुझाइसकेको थियो, गरिब परिवारको सबै सपना थाती राखेर सधैँका लागि अस्तायो ।” युवापुस्ताले खोजेजस्तो देशले परिवर्तन पाए सहिदको बलिदानले न्याय पाउने बताउनुहुन्छ, भतिजको किरिया कर्ममा बस्नुभएका महेशका माइलाबुवा यज्ञबहादुर बुढाथोकी पनि ।

चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा बस्दै आएका अर्का युवा रोशन (योगेन्द्र) न्यौपाने पनि यही आन्दोलनमा आस्ताए । चाँगुनारायण माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनरत न्यौपानेको परिवार भने किरियाका लागि दुवाकोटको घरबाट पैतृक थलो सिन्धुली पुगेको छ । सहिद न्यौपानेको परिवार तथा आफन्तीजनका तर्फबाट पनि देश परिवर्तनका लागि भएको जेन्जी प्रदर्शनका क्रममा शहादत प्राप्त गर्ने सहिदका सपना साकार पार्न सरकारका साथ सम्बद्ध सबैसँग माग गरिएको छ । रासस

Chitwan Aaja चितवन आज
शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु
‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल
नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

ताजा समाचार

सबै

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल

नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

सुनको मूल्य साढे दुई लाख नजिक पुग्यो

अलमलमा विप्लव: माओवादीसँग एकता कि निर्वाचन आयोगमा दल दर्ता

राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

हर्क साम्पाङसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात

फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार

जैमिनी नगरपालिकाको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजामा युद्धविराम सम्झौतामा हस्ताक्षर

वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद

सञ्चालन हुन थाल्यो बेनी–दरवाङ सडक

आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech