३ असोज, काठमाडौं ।
दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, र सुर्खेतको संयुक्त टोलीले उनलाई एक लाख घुससहित पक्राउ गरेको हो ।
सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपछि बिल भुक्तान गर्ने क्रममा उनले एक लाख घुस मागेको अख्तियारले बताएको छ ।
सोही सूचनाका आधारमा उनलाई अख्तियारले पक्राउ गरेको हो ।