काठमाडौं, असोज १
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन्।
बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताएका हुन्।
उनले लोकतन्त्रको खम्बालाई कति पनि कमजोर पार्नु नहुने बताए।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने बताए।