३१ भदौ, काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो बबरमहलस्थित प्रधान कार्यालय र देशभरीका नागरिक उड्डयन प्राधिकरणबाट चोरी र लुटपाट गरिएका सामान फिर्ता दिन आह्वान गरेको छ ।
२४ भदौका दिन प्राधिकरणको मुख्य भवन र कार्यालयहरू तोडफोड, आगजनी र चोरी तथा लुटपाट भएको थियो ।
सो क्रममा टीभी, कम्प्युटर, माइक्रो ओभन, हार्डडिक्स, स्क्यानर, प्रिन्टर, मोनिटर, ल्यापटप, हेडसेट, फर्निचर लगायत चोरी भएको पाइएको छ ।
सो तोडफोड र चोरीमा संलग्नको सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने काम भइरहेको भन्दै कार्यालयले मातहतका कार्यालयबाट लगेका सामान फिर्ता गर्न आग्रह गरेको छ ।
फिर्ता नगरे कानुन अनुसार कारबाहीको प्रक्रिया थाल्ने चेतावनी समेत कार्यालयले दिएको छ ।
प्राधिकरणको बबरमहलस्थित कार्यालयमा विभिन्न विभागका महत्त्वपूर्ण कागजात जलाइएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार