धरान, भदौ ३१-
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई गेमर भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कटाक्ष गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै हर्कले लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिने बताएका हुन्। ‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ१ लिडर भनिँदैन !’ हर्कले लेखेका छन्।