काठमाडौं,भदौ ३०-
नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले पार्टी पुनर्गठनको माग गरेका छन् । सोमबार (भदौ ३०) सामाजिक सञ्जालमार्फत उनले छिटै सुविचारित निर्णयको माग गरेका हुन् । “अरू क्षति रोक्न, जे भो भो । हैन, किन भो ? कसरी भो र अब के कसरी कहिले गर्ने ? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौँ,” बास्कोटाले भनेका छन् ।
उनले दलबिना गणतन्त्र र गणतन्तत्रबिना समाज नबाँच्ने तर्क गरेका छन् । नेतृत्व परिवर्तनका निम्ति सबै तयार हुनुपर्नेमा उनले जोड दिएका छन् । “समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ, सबै तयार हुनैपर्छ,” उनले लेखेका छन् । यही भदौ २३ र २४ गते ‘जेनजी’को आन्दोलनपश्चात् एमालेमा नेतृत्व परिवर्तनको बहस चलाइएको छ ।