२८ भदौ, काठमाडौं।
असन्तुष्ट पक्षले अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाको कार्यालयमा रहेको तस्वीर र नेम प्लेट जलाइदिएका छन् ।
अनेरास्ववियु नेकपा एमालेको विद्यार्थी संगठन हो । उनी ३० जेठ २०८२ मा अनेरास्ववियुको अध्यक्षमा निर्वाचित भएका थिए ।
जेनजीको प्रदर्शनमा सरकारले दमन गरेपछिआफ्नो पार्टीले नेतृत्व गरेको सरकारप्रति असन्ततुष्टि व्यक्त गर्दै कडरियाले पदबाट राजीनामा दिएका थिए । साथै एमाले परित्याग गरेको समेत बताएका थिए ।
तर, राजीनामा दिएको दुई दिनपछि कडरियाले दबाबमा राजीनामा दिएको भनेको भन्दै पार्टीमै रहेको र पार्टी काममा फर्किएको बताएका थिए ।
काममा फर्किएको घोषणा गरेका कडरिया कार्यालय फर्किन खोजेपछि विवाद भएको छ । यसक्रममा असन्तुष्ट पक्षले कार्यालय पुगेर कडरियाको तस्वीर र नेम प्लेट जलाइदिएका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार