२७ भदौ, काठमाडौं।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ घटना र भ्रष्टचार विरुद्धमा फरक– फरक दुई शक्तिशाली आयोग बनाएर जाने पक्षमा रहेको बताएका छन् ।
महामन्त्री थापाले सामाजिक सञ्जालमा पार्टीको धारणा राख्दै भने, ‘हामी दमन र विध्वंस विरुद्धको एउटा र भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौँ ।’
दुई दिनको प्रदर्शनमा प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । जेनजीले गरेको पहिलो दिनको प्रदर्शनमा २१ जनाको मृत्यु भएको थियो । दोस्रो दिन (भदौ २४ मा) अन्य थपको मृत्य भएको हो ।
दोस्रो दिनको प्रदर्शनमा सरकारी संरचना, दलका नेताको निवास, उद्योगी व्यवसायीको निवास तथा पसलमा आगलागी गरिएको थियो ।
दुई दिनमा भएका घटनाको छानविन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ । कांग्रेस महामन्त्री थापाले अघिल्लो प्रदर्शनका क्रममा भएका घटना र भ्रष्टचारका लागि छुट्टाछुट्टै आयोग बनाउनुपर्नेमा पार्टी प्रतिवद्ध रहेको बताएका छन्।