काठमाडौं,भदौ ५-
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टाएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा रहेको विकृतिलाई समाधान गर्न राजनीतिक दलहरुले नसकेको बताउनु भयो । उहाँले सरकारले सुशासन प्रवद्र्धन गर्न नसकेको बताउँदै राजनीतिक दल अहिलेको प्रणालीअनुसार अघि बढ्न नसकेको बताउनु भयो । संसद अहिले निरीह थलो भएको बताउनु भयो । उहाँले कानूनहरु समयानुकुल कस्तो बनाउनुपर्ने भन्नेकुरामा ध्यानपूर्वक अध्ययन नै नभएको जिकिर गर्नुभयो । ठूला दलहरु आफैँले अहिलेको संविधानमा प्रश्न उठाएर संविधान संशोधन गर्ने सहमति गरेपनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भनेर छलफल हुन नसकेको बताउनु भयो ।
पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टाएको छ । त्यो पनि फस्टाइरहेको छ । त्यसलाई समाधान गर्न सकिरहेका छैनन् । सुशासन प्रवद्र्धन गर्न सकिरहेका छैनन् । राजनीतिक दल एउटा प्रणालीमा जसरी जानुपर्ने हो, त्यो जान सकेको छैन । राज्यका संयन्त्रहरु पनि जुन प्रणालीमा सञ्चालन हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । अहिले संसदीय अभ्यासको कुरा गर्दा संसद नै एउटा निरिह थलो भएर बसिरहेको छ । कानूनहरु समयानुकुल कस्तो बनाउनुपर्ने भन्नेकुरामा ध्यानपूर्वक अध्ययन गरिरहेको छैन । ठूला दलहरु आफैँले अहिलेको संविधानमा प्रश्न उठाए । र संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन् तर पनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भनेर छलफल हुन सकिरहेको छैन । कुनै व्यक्तिलाई केही आरोप लाग्यो आरोप लगोको छ, पुष्टि भएको छैन, उ बोल्न पाउँदैन, निलम्वित भइहाल्छ, के यही हो न्याय ? कसैले आरोप लगायो भन्दैमा जनप्रतिनिधिहरु निलम्वनमा परिहाल्ने व्यवस्था कस्तो लोकतन्त्र हो रु कुनै आरोप पुष्टि नहुन्जेलसम्म निलम्वनमा पार्नु राम्रो होइन ।’
पूर्वराष्ट्रपति भण्डारीले शिक्षा सम्बन्धी समस्या नेपालमा ठूलो समस्या रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल