Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत २१, २०८२
☰
Logo शनिबार, चैत २१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ८. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ९. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • १०. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ

महोत्तरी, भदौ १-
साउन अन्तिम साताको अनुकूल वर्षा भएसँगै महोत्तरीमा करिब ७५ रोपाइँ भएको छ । साउनको अन्तिम साता दिनहुँजसो पानी परेपछि धमाधम रोपाइँ भई करिब तीन भाग जमिनमा धानखेती भएको हो । साउन दोस्रो सातासम्म करिब ३० प्रतिशत मात्र रोपाइँ भएकामा तेस्रो साता बित्दा लगभग ४५ प्रतिशत पुगेको र मसान्तसम्म करिब ७५ प्र्रतिशतको हाराहारी रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ ।

“साउनको पछिल्लो साता आकासे पानीले पनि साथ दियो, किसानले भूमिगत जलस्रोतका विकल्पलाई निकै उपयोग गरे, यसले रोपाइँ बढाउन मद्दत ग¥यो” बालीविज्ञसमेत रहनुभएका कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो भन्नुहुन्छ, “साउन सकिदासकिँदै धान रोपाइँ ७५ प्रतिशतको हाराहारी पुग्यो ।” मधेशका अन्य जिल्लाको तुलनामा निकैपछि परेको महोत्तरीको धान रोपाइँले साउन तेस्रो साताको प्रारम्भदेखि नै गति लिएको हो । इनार, डिपबोरिङ र स्यालो ट्युवबेलबाट मोटरपम्प र पम्पसेटले पानी तानेर रोपाइँ गरिरहेका किसानलाई साउनको अन्त्यतिर लगातार परेको पानीले निकै राहत दियो ।

“साउन दोस्रो सातासम्म एक कठ्ठा हिल्याउन तीन घण्टा बढी मोटरपम्प र पम्पसेट चलाउनु पथ्र्यो, त्यसयता अलिअलि पानी पर्न थालेपछि तानेको पानी चाँडै लाग्दा सहज हुँदैगयो” भङ्गाहा–५ सिद्धपुरका शनिश्चर बाँतर भन्नुहुन्छ, “साउन अन्तिम साता सुरु भएसँगै माटो गालेर पानी पर्न थाल्यो, यसले रोपाइँलाई निकै मद्दत ग¥यो । आफ्नो बस्तीमा साउन सकिदासकिँदै रोपाइँ पनि सकियो, अहिले यहाँका स्थानीय किसान खुसी छन् ।”साउन मध्ययता दिनहुँजसो परेको पानीले यहाँका किसानलाई अब भने धान भित्रिने आस जागेको छ । मध्य साउनपछिको वर्षा धानखेतीलाई अमृत झैँं भएको किसान बताउँछन् । बाँतरकै छिमेकी रामनारायण झा भन्नुहुन्छ, “दुःखले धान रोपियो, अब मङ्सिरमा केही धान भित्रिने आस जाग्यो ।”

जिल्लामा सुदूरउत्तर, पूर्वीभेग र मध्यसम्म रोपाइँ राम्रो भए पनि दक्षिणपश्चिमी भेगमा भने अझै पनि पानी अपुग छ । जिल्लाका १५ स्थानीयतहमध्ये मनराशीशवा, सम्सी, एकडारा र सोनमासहितका पाँच÷छ पालिकामा पानी अपूग हुँदा रोपाइँपछि परेको किसानको भनाइ छ । “हामीकहाँ पानी पुगेन, भूमिगत जलस्रोत पनि भरपर्दो हुनसकेन, त्यसैले रोपाइँपछि प¥यो” मनराशीशवा नगरपालिकाको साँढा बस्तीका चन्द्रभूषण मौव्वार भन्नुहुन्छ, “अब त रोप्ने बेला पनि घर्कियो, सरकारले किसानलाई समयमै अरु बाली लगाउन भरथेग गर्नुपर्छ ।”

जिल्लाका केही भेगमा रोपाइँपछि परेपनि अधिकांश भेगमा भने किसानले मरिहत्ते गरेर धान रोपेका छन् । “साउन तेस्रो साताको प्रारम्भसँगै अलिअलि पानी पर्न थालेपछि रोपाइँले गति लिएको हो, पानी पर्न थालेपछि भूमिगत पानीको सिँचाइ सहज र कम खर्चिलो भएसँगै किसानले रोपाइँको गति बढाएका हुन्” कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयका सूचना अधिकारी महतो भन्नुहुन्छ, “साउन चौथोसाता लागेपछि त ठाउँठाउँमा परेकै पानीले रोपाइँ हुन थाल्यो, कतिपय ठाउँमा भूमिगत जलस्रोतको पानीलाई वर्षाले साथ दियो ।” साउन अन्तिम साताको वर्षाले यसअघि रोपिएको धान जगाउन र रोपाइँ बढाउन निकै राहत मिलेको महतो बताउनुहुन्छ । जिल्लामा अहिलेसम्म करिब ३३ हजार ३५० हेक्टरमा रोपाइँ भएको छ । यो धानखेती गरिने कूल ४५ हजार हेक्टरको ७५ प्रतिशतको हाराहारी हो ।

साउन मध्ययता इनार, स्यालोट्युवबेल र डिपबोरिङबाट तानिएको पानीले वर्षाको साथ पाउँदा कम समयमा बढी खेत हिल्याउन सहयोग पुगेको किसान बताउँछन् । पानी परिरहँदा भूमिगत तानिएको पानीले चाँडै खेत हिल्याउन सहयोग पुगेको किसानको भनाइ छ । “कसैगरी धान रोपियो, मोटरपम्प र पम्पसेटबाट तानिएको पानीमा वर्षाको साथ मिल्यो” बर्दिबास–७ प्रेमनगरका किसान रामऔतार महतो भन्नुहुन्छ, “हामीकहाँ अब लगभग धान रोपाइँ सकियो ।” साउन १५ यता दिनहुँजसो केहीबेर पानी पर्दै आएपछि त्यसअघिको धजा फाटेको खेतको रोपो हरियो भएर लहलहाएपछि अबचाहीँ घरमा धान भित्रिने आस जागेको महतोको भनाइ छ ।

साउन सकिँदा पनि किसान अझै रोपाइँमा धसिएका छन् । अब बढीमा दुई÷तीन दिन अझै रोपाइँ चल्ने कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयका कृषिविज्ञको भनाइ छ । किसानको तयारी अवस्थालाई हेर्दा रोपाइँ ८० प्रतिशत पुग्ने अनुमान गरिएको कार्यालयका सूचना अधिकारी महतो बताउनुहुन्छ । यद्यपि अब यसपाली खरुअन (कलम) नहुर्कदा मूल बीउको रोपो एक÷दुई दिनभन्दा बढी लम्ब्याउन नहुने किसानलाई बालीविज्ञको सुझाव छ । यसपालि लामो खडेरीले असार २२ भित्र सक्नुपर्ने बीउ रोपो किसान अझै रोप्दैछन् । खरुअन ९कलम० लगाउन यसअघिको रोपो नगाजिँदा अहिले पनि बीउ रोप नै चलाउनु परेको किसानको भनाइ छ । यसपाली बीउ ब्याडमै कैयौँ चोटी सुक्दा किसानले पटकपटक ब्याड राख्नुपरेको थियो । पछि बीउकै अभावले कतिपय किसानले पानी अनुकूल हुँदा पनि रोपाइँ बढाउन सकेनन् ।

यसपालि रोपाइँ ढिलो भएको हुँदा अस्वभाविक रुपमा कीरा र रोगको प्रकोप सुरु हुनसक्नेतर्फ सचेत रहन र तत्काल सल्लाह लिन कृषि विज्ञले किसानलाई सुझाएका छन् । यसैगरी साउन मध्यअघिको रोपोमा झार व्यवस्थापनमा तत्काल ध्यान दिन किसानलाई कृषि विज्ञसमेत रहनुभएका सूचना अधिकारी महतोको सुझाव छ । महोत्तरीसहितका मधेशमा हिउँदे धान लगाउने स्थापित तालिका यसपाली पानीको अभाव र समयमा भरपर्दो बीउ नभेटिदा पछि परेको छ । यहाँ हिउँदे धानखेतीका लागि जेठ तेस्रो साताभित्र ब्याड राख्ने, असार तेस्रो साताभित्र पहिलो शाही रोप (बीउ रोप) सक्ने र साउन मसान्तसम्म खरुअन (कलम, धानको बीउ रोप गाँजिएपछि त्यो उखलेर रोप्ने काम) रोप लगाउने परम्परागत तालिका छ । किसानले यो तालिकाभित्र पानी, बीउ र मल नपाइँदा हण्डर खानु परेको बताएका छन् । तीनै तहका सरकारसँग समयमै धानखेतीका लागि आवश्यक पानी, मल, बीउसहितको वातावरण सुनिश्चित गरिदिन किसानले माग गरेका छन् । रासस

Chitwan Aaja चितवन आज
आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
गृहमन्त्री सुधन गुरुङको पहिलो साताः धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

ताजा समाचार

सबै

गृहमन्त्री सुधन गुरुङको पहिलो साताः धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

आरोप–प्रत्यारोप त्यागेर बिपी स्मृति अस्पताललाई अगाडि बढाऔँ :डा. शेखर कोइराला

फेवातालका टहरामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयको बिरोध

जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह

सरकार गठनपछि उठाएका मुद्दामा कारबाही सुरु हुँदा खुसीः अमरेस कुमार सिंह

काठमाडौंको विभिन्न स्थानबाट १३ जना प्रक्राउ

आज यी ३ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, ५ प्रदेशमा हावाहुरी चल्ने

हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

सभामुखमा डीपी अर्याल निर्विरोध

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

डिभिजन वन कार्यालय चितवनद्धारा देववृक्ष उत्पादन सुरु

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री प्रतिभा रावल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.