जनकपुरधाम, ३० साउन :
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीलाई शासक नभई जनताको सेवक भएर काम गर्न निर्देशन दिनुभएको छ ।
उहाँले आज जनकपुरधाममा मधेस प्रदेश प्रहरी कार्यालयको नवर्निमित भवनको उद्घाटनपश्चात आयोेजित समारोहलाई सम्बोधन गर्नुहँदै सो निर्देशन दिनुभएको हो ।
मुलुकमा सुशासन तथा शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरी हाकिमको भूमिका होइन, जनताको सेवकको भूमिकामा काम गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । कसैलाई जोरजबर्जस्तीबाट फसाउने काम नहोस् न्यायोचित हिसाबले प्रहरीबाट काम हुनुपर्ने उल्लेख गर्दै उहाँले राणा शासन तथा राजाको पञ्चायती व्यवस्थामा जस्तो कसैलाई फसाउने तथा यातना दिने काम नहोस् भन्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यस समयमा शासनसत्ता जोगाउनका लागि झुटो आरोप लगाउने कार्य हुन्थ्यो । अहिले मुलुकमा केही तत्वहरूले अराजक फैलाउने कार्य गरिरहेको तथा आफूलाई नयाँ शक्तिको भ्रम फैलाउने तथा देशमा अराजक गतिविधिको काम गरेकाले त्यसबाट सतर्क एवं सजग हुनुपर्छ ।”