२९ साउन, काठमाडौं ।
कुवेतमा विषाक्त मदिराका कारण केही नेपालीसहित १३ एशियाली नागरिकको मृत्यु भएको छ ।
कुवेतस्थित नेपाली दूतावासले यस घटनाबारे थप बुझ्ने काम भइरहेको जनाएको छ ।
दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार विभिन्न अस्पतालमा मदिरा सेवन गरेर बिरामी भएकाहरुको उपचार भइरहेको छ ।
नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्ल ठकुरीले पनि घटनाको पुष्टि गरे । मल्लले घटनामा नेपाली पनि रहेको बताए । यद्यपि संख्या यकीन भएको छैन ।






