Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत २०, २०८२
☰
Logo शुक्रबार, चैत २०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ८. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • ९. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • १०. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

‘बाँदरको आतङ्कले बागलुङको ग्रामीण बस्ती नै रित्तो भइसक्यो’

बलेवा (बागलुङ), साउन २७-
काठेखोला गाउँपालिका–६ का थानेश्वर कँडेलले बाँदर आतङ्क छल्न अन्नबाली लगाउनै छाड्नुभयो । उहाँले केही वर्षदेखि बारीमा अदुवा र अलैँची लगाउन थाल्नुभएको छ ।

अन्नबाली र तरकारीखेती गर्न बाँदर नै बाधक भएको उहाँको गुनासो छ । “घरमा बूढाबूढीमात्र बस्ने, बाँदर आएर बारीको केही नराख्ने भएको छ” कँडेलले भन्नुभयो, “बाँदरबाट बचाउन सकिने बालीमात्र लगाउन थालेका छौँ ।” अत्यावश्यक भए पनि कतिपय तरकारी र फलफूल बजारबाट ल्याउने गरेको उहाँले बताउनुभयो ।

बाँदरले नखाएकाले कँडेलजस्तै यहाँका किसानले सुन्तला बारीमा अदुवा लगाएको बताउनुभयो । कतिपय किसानले भैँसीपालन व्यवसाय रोजेका छन् । दूध उत्पादनबाट केही फाइदा भए पनि धेरै दुःख गर्न बाध्य बनेको स्थानीय टङ्क कँडेलले बताउनुभयो । “भैँसी पाल्नेले एकैछिन बस्न पनि पाइँदैन, घर छाडेर कतै जान पनि पाइँदैन”, उहाँले भन्नुभयो, “बाँदर नियन्त्रणको कार्यक्रम नभई भएन, घरभित्रै पसेर पकाएको खानासमेत खाइदिए ।”

काठेखोला गाउँपालिकाका दर्जनौँ किसानले बारीमा मकै छाडेर अदुवाखेती थालेका छन् । मूल्यमा पटकपटक गिरावट आउने, बजारीकरणमा समस्या भए पनि उनीहरूले बाँदरबाट जोगाउन यो काम गरेका हुन् । अलैँची लगाएर पनि उनीहरूले फाइदा लिन भने सकेका छैनन् । तर बाँदरबाट बच्न खेतीपातीमा परिवर्तन गरेको बताउनुभयो ।

किसानले सुन्तला भने लगाएका छन् । दसैँतिहारको समय ख्याल गरेर जोगाउन सकेमा केही फाइदा लिन सकिने भएकाले सुन्तलाखेती गरेको किसानले बताए । सुन्तलाबाट वर्षमा लाखौँ कमाई गर्ने किसान बिहुँमा छन् । “यो सुन्तलाका लागि उपयोगी स्थान हो, हामीले पनि प्रोत्साहन गरेका छौँ, तर बाँदरबाट जोगाउन गाह्रो भयो भन्नुभएको छ”, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेन्द्र सिलवालले भन्नुभयो, “बजारीकरणमा सक्दो सहयोग गर्नेछौँ ।” बाँदर आतङ्ककै कारण बाली नलगाउनेभन्दा संरक्षणमा ध्यान दिनेगरी किसानलाई सम्झाएको सिलवालको भनाइ छ ।

गाईभैँसी पाल्नेलाई भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले प्रतिलिटर दूधमा रु पाँच अनुदान दिएको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताउनुभयो । “नश्ल सुधार गरिएका भैँसी र गाईको दूधमा अनुदान दिएर किसानलाई निरास हुनबाट बचाउने प्रयास गरेका छौँ”, सापकोटाले भन्नुभयो, “बाँदरको स्थायी समाधान नभए पनि पशुपालनमा भने किसानको आर्कषण छ ।”

बागलुङ नगरपालिका–८ का रामबहादुर खड्काले पनि कृषि फसल भित्र्याउन बाँदर आतङ्कले नसकेको र नियन्त्रण गर्न नसकेर हैरान भएको सुनाउनुभयो । उहाँले त सुन्तलासमेत जोगाउन नसकेको गुनासो गर्नुभयो । “हेरालो राखेर पनि नसकिने रहेछ, बाँदर नियन्त्रण नभए अन्नबाली र फलफूल लगाएर किसान बाँच्न गाह्रो भइसक्यो”, बाँदरबाट बाली जोगाउन राज्यले पहल गर्नुपर्ने बताउनुयभो ।

बाँदरको कारण कृषिबाली जोगाउन समस्या परेपछि कतिपयले घरै छाडेर हिँड्न थालेका छन् । जैमिनी नगरपालिका–१ टुनीबोट १० को राङखानीका अधिकांश बस्ती त रित्तो भइसकेका छन् । काठेखोला गाउँपालिका–५ कै करलिम बस्ती पनि रित्तोजस्तै भइसकेको हो ।

पेसा फेरेर दूध उत्पादनमा लागेका किसानको पनि गुनासो बढी छ । लागत र दुःख धेरै भएकाले नाफा कमाउन नसकिने कँडेलले बताउनुभयो । “एउटै भैँसीलाई रु दुई लाखसम्म पर्छ, दु्ई वर्षसम्म लगातार दूध बेच्न सकिएन भने लगानी उठ्दैन”, उहाँले भन्नुभयो । गाईभैसी पालेका किसानले एक दिन घर छाड्न पनि नपाएको उहाँको गुनासो छ । किसानले दूधमा उचित बजार पनि नपाएको गुनासो गर्नुभयो ।

वैकल्पिक बाटो रोजेका किसानलाई उत्पादनमा प्रोत्साहन गर्न बजारीकरण तथा यान्त्रिकीकरणमा साथ दिने सापकोटाले बताउनुभयो । अवस्थाअनुसारको उत्पादन गरेर आत्मनिर्भर बन्ने बाटो खोज्न लगाएको उहाँले बताउनुभयो । दूधको मूल्य बढाउनेबारेमा भने अहिले निर्णय नभएको उहाँको भनाइ छ । मकैको साटो साइलेज घाँस लगाएर थप आम्दानी गर्न सकिने सापकोटाको सुझाव छ ।

जैमिनी–८ का रघुनाथ पौडेलले पनि परम्परागत खेती छाडेर मौरी र भैँसी पाल्न थाल्नुभएको छ । बजार टाढा भएकाले दूध समयमा पठाउन उहाँलाई सास्ती छ । तर पनि खेती जोगाउन नसकेपछि पौडेलले बारीमा घाँस लगाउनुभएको छ । रासस

Chitwan Aaja चितवन आज
मङ्गलबार, साउन २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु
म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँः महाविर पुन
संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने

ताजा समाचार

सबै

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँः महाविर पुन

संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

हामीले दलितहरुमाथि गरेको माफीको मूल्य न्यायले निर्धारण गर्छः रवि लामिछाने

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्यः प्रतिनिधिसभाका सभाध्यक्ष केसी

जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने

संसद्‌मा गराइयो बालेन प्रधानमन्त्री नियुक्त भएको जानकारी

केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियोः एमाले

चितवनमा घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज

आजको लागि सुनको मूल्य दुई लाख ९४ हजार तोकियो

उच्च इन्धन लागत र अन्तर्राष्ट्रिय संकटबीच हवाई सेवा सञ्चालनमा चुनौतीः अध्यक्ष बस्नेत

सहकारी पीडितसँग मन्त्री प्रतिभा रावलको प्रत्यक्ष संवाद सुरु, १०० दिनमै बचत फिर्ताको लक्ष्य

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको आयोजनामा नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.