काठमाडौँ, २६ साउनः
अविरल वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले आइतबार साँझ दिएको जानकारी अनुसार ९ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । त्यस्तै ८ वटा सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।
संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर बरुणस्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बागमती,गण्डकी र कर्णाली प्रदेशका सडक खण्डहरु पनि पूर्ण रूपमा अवरुद्ध भएका छन् ।






