सुनसरी साउन २६
सुनसरीको नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना भएको छ।
सोमबार बिहान काँकडभिट्टाबाट खोटाङतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशा तर्फबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङगर एकआपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा २ जनाको मृत्यु भएको र १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार घाइते र मृतकको पहिचान हुन बाँकी रहेको छ। घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
बस चालक झापाको अर्जुनधारा नगरपालिका– १ का ३६ वर्षीय गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






