२४ साउन, काठमाडौं-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तोसिमा कार्कीले पार्टी सह–महामन्त्री पदमा आफ्नो दाबी नभएको बताएकी छिन् ।
हिजो बसेको पार्टीको केन्द्रीय समिति बैठकमा आफूले विधिको प्रश्न उठाएको भन्दै व्यक्तिको विरोध नगरेको उनले बताएकी हुन् ।
बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले सह–कोषाध्यक्ष दीपक बोहरालाई सह–महामन्त्री बनाउने प्रस्ताव राखेका थिए ।
तर, उक्त प्रस्ताव बैठकको एजेन्डामै नभएकोले आफूले अस्वीकार गरेको उनले बताएकी छिन् ।