काठमाडौँ, २४ साउनः
अविरल वर्षापछिको बाढी र पहिरोका कारण देशका ९ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १३५ स्थानमा एकतर्फी मात्र सञ्चालनमा छन् ।
सडक विभागका अनुसार कोशी, तमोर र भेरी करिडोरका साथै अरनिको र सिद्धार्थ राजमार्गजस्ता मुख्य सडकहरू बाढी–पहिरोले क्षतविक्षत् हुँदा यातायात ठप्प भएको छ ।
विभिन्न स्थानमा पहिरो पन्छाउने र डाइभर्सन निर्माण गर्ने प्रयास भए पनि निरन्तरको वर्षाले अवरोध पुऱ्याइरहेको विभागले जनाएको छ ।
स्याफ्रुबेसी–रसुवागढी सडकअन्तर्गत रसुवागढी, टिमुरे, तातोपानी, कुलुङभन्ने स्थानमा सडक अवरुद्ध भएको छ ।
साउन १४ गते चीन तर्फबाट पुनः आएको बाढीले अवरुद्ध यो सडक नदीले कटान गरेको छ । एक्स्काभेटर तथा लोडर प्रयोग गरी अवरुद्ध सडक खन्ने प्रयास भइरहेको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






