२३ साउन, काठमाडौं
रुपन्देही कारागार प्रशासनले सहकारी ठगी आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति कुनै विभेद नगरिएको प्रस्टाएको छ ।
बिहीबार साँझ कारागार प्रशासनले विज्ञप्ति जारी गर्दै रविप्रति कुनै विभेद नगरिएको बताएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘…अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उहाँलाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।’