काठमाडौं, साउन २२-
युवतीलाई होटलमा काम लगाइदिने भनी भारत लगेर मिर्गौला बेच्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले उक्त कारबाही गरेको हो ।
गत जेठ महिनामा परिवर्तित नाम २६ बबरमहल (४५४) लाई कोटेश्वर आकाशेपुल नजिकबाट कलंकी हुँदै भारतको चण्डीगढस्थित अपार्टेन्टमा पुर्याउने गिरोहका तीनजनालाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका काभ्रेपलाञ्चोक पाँचखाल न.पा.-१० का ३५ वर्षीय कुमार भन्ने राजकुमार परियार, नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं.९ का २४ वर्षीय समीर नेपाली र बेलकोटगढी नगरपालिका वडा नं.-४ का ४७ वर्षीय राकेश नेपाली रहेका छन् ।






