Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत २०, २०८२
☰
Logo शुक्रबार, चैत २०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ५. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ७. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ८. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • ९. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • १०. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

सुनमा किन लगाइयो विलासिता कर ? विज्ञ भन्छन्- गलत भयो, ‘ग्रे लिस्ट’सँग पनि सम्बन्ध छैन

काठमाडौं,२१ साउन ।
सुनमा विलासिता कर लगाउनुलाई सरकारी अधिकारी र कर विज्ञसमेतले गलत भएको बताएका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले काठमाडौंमा मंगलबार आयोजना गरेको ‘सुनचाँदीमा सरकारी नीति : सुधार कि नियन्त्रण ?’ विषयक ‘इमान राउन्ड टेबल’ मा सहभागी सरकारी अधिकारी र कर विज्ञले सुनमा विलासिता कर लगाउने विषयमा सरकारले यथेष्ठ गृहकार्य नगरेको बताएका हुन् ।

अर्थविद् एवं कर विज्ञ डा. चन्द्रमणि अधिकारीले सुनमा विलासिता कर लगाउनु लगत भएको टिप्पणी गरे । ‘सुनमा कर लगाउने विषयमा पर्याप्त गृहकार्य गरिनुपर्छ, अन्यथा भारतसँगको खुला सीमाका कारण तस्करी बढ्नेलगायतका समस्याले थप प्रश्रय पाउँछ,’ उनले भने, ‘विलासिता कर लगाउनु गलत नै भयो ।’

राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहेका डा. अधिकारीले सुनमा अन्यत्र विलासिता करको अभ्यास नभएको पनि स्पष्ट पारे । कर उठाउनुपर्ने विषयमा कुनै कसर बाँकी नराखी कर उठाउनुपर्ने उनले बताए । सुनमा जर्तीको विषयलाई पनि वैज्ञानिक ढंगले मापदण्ड बनाएर सुल्झाउनुपर्ने उनको सुझाव छ ।

सुनमा विलासिता कर लगाएर मुलुक ग्रे लिस्टबाट हट्छ भन्ने कुरा पनि तर्कसंगत नभएको डा. अधिकारीले स्पष्ट पारे । ‘जुनसुकै क्षेत्रमा कालोधनलाई सेतो बनाउन सक्ने सम्भावना रहन्छ,’ उनले भने, ‘तर सुनमा विलासिता कर लगाउँदा मुलुक ग्रे लिस्टबाट हट्छ भन्ने कुरा खासै तर्कयुक्त होइन ।’

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले केही दिनअघि राष्ट्रिय सभा बैठकमा सुनमा विलासिता कर र बहुमूल्य पत्थरमा भ्याट लगाउँदा देश ग्रे लिस्टबाट हट्ने बताएका थिए । विलासिता कर लगाउँदा खरिद–बिक्री पारदर्शी हुने र मुलुक ग्रे लिस्टबाट हट्ने उनको दाबी थियो ।

कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दहालले सुनका विषयमा सरकारले अलि फराकिलो भएर सोच्नुपर्ने बताए । विभागले सुनचाँदीको बजारको नियमन गर्न अहिले पनि कानुन बाधक नरहेको उनले स्पष्ट पारे । ‘उद्यपि, अझ व्यवस्थित बनाउन भन्दै २०७० सालदेखि कानुन बनाउन खोजिएको छ तर अहिलेसम्म पूर्णता पाएको छैन, यो अलि सोचनीय विषय हो,’ उनले भने ।

सुनका गरगहना बनाउँदा जर्ती नजाने कुरालाई सुनिश्चित गर्न उनले व्यवसायीलाई सुझाव दिए । उपभोक्ताको विश्वास जित्न गरगहना निर्माणमा आधुनिक मेसिनको प्रयोग गर्नुपर्ने उनले बताए ।

व्यवसायीले भने जतिसुकै प्रयास गर्दा पनि सुनमा जर्ती जाने बताएका छन् । काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष रोहिनादेवी शाक्यले एक किलो सुनलाई १० टुक्रा मात्र पारेर जोख्दा पनि एक किलो नपुग्ने उदाहरण दिइन् ।

‘सुनका कण यति साना हुन्छन् कि त्यसलाई संग्रह गर्नै सकिँदैन,’ उनले भनिन्, ‘जतिसुकै प्रयत्न गरे पनि जर्ती त जान्छ नै ।’ अध्यक्ष शाक्यले सुनचाँदीको विषयमा कुनै पनि कानुनी प्रबन्ध गर्नुअघि सरकारले आफूहरु जस्ता व्यवसायीसँग परामर्श गर्नुपर्ने बताइन् ।

‘सरकारले कानुनी प्रबन्ध गर्नुअघि हामीजस्तो वर्षौंदेखि यही पेसामा लागेहरुसँग परामर्श गर्नुपर्छ,’ उनले भनिन्, ‘त्यसो भयो भने पछि कुनै समस्या आउँदैन ।’ सुनको व्यवसायलाई पारदर्शी र विवादरहित बनाउने कार्यमा सरकारले कानुनी प्रबन्ध गरेर सहयोग गर्नुपर्ने माग उनले गरिन् ।

त्यस्तै संघका उपाध्यक्ष उपन्द्रकाजी शाक्यले सुनचाँदी व्यवसायीले जहिल्यै पनि पारदर्शी ढंगले व्यवसाय गर्न चाहेको स्पष्ट पारे । ‘काम गर्दै जाँदा कहीँ कतै त्रुटि हुन सक्छ,’ उनले भने, ‘तर हामी पारदर्शी ढंगले व्यवसाय गर्न चाहन्छौँ, ग्राहकको विश्वास जित्न चाहन्छौँ, त्यस्तो वातावरण बनाउने काम सरकारकै हो ।’ सुनचाँदी व्यवसायीले जहिले पनि पसल खोल्नासाथ ‘उपभोक्ताको राम्रो होस्’ भन्ने कामना गर्ने गरेको उदाहरण उनले दिए ।

त्यस्तै संघका सचिव लेखरत्न शाक्यले व्यवसायीले सुनमा बदमासी गर्छन् भन्ने कुरा बेकारको आरोप भएको बताए । ‘सुनचाँदी व्यवसायीलाई बेकारमा आरोप लगाउने गरिन्छ,’ उनले भने, ‘जर्तीका नाममा उपभोक्तामाथि ठगी भइरहेको र गुणस्तरमा पनि समस्या हुन्छ भन्ने आरोपमा कुनै सत्यता छैन, यो आरोप मात्र हो ।’ आफूहरुले व्यावसायिक मर्यादाभित्र रहेर सुनचाँदीको व्यापार गरिरहेको शाक्यले बताए ।

संघका कोषाध्यक्ष रमेशमान शाक्यले सरकारले उपभोक्ताको हित नहेरी राजस्व संकलनको मात्रै सोच राखेर विलासिता कर लगाएको आरोप लगाए । कतिपय बैठकमा सरकारी अधिकारीले ‘उपभोक्तालाई फरक पर्ने हो, तपाईंहरु किन चिन्ता लिनुहुन्छ’ भन्ने गरेको भन्दै उनले त्यो भर्सन राम्रो नभएको बताए ।

 

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता कर लगाएको छ । तर, बैंकबाट होलसेलर, होलसेलरबाट व्यवसायी र व्यवसायीबाट उपभोक्तासम्म पुग्दा कर ६ प्रतिशत हुन्छ ।

उपभोक्ताले सुन बेच्नुपर्‍यो भने त्यो ६ प्रतिशत सिधै गुमाउनुपर्ने हुन्छ । गरगहना बेच्दा उपभोक्ताले ज्याला र जर्तीमा पनि नोक्सानी व्यहोर्नुपर्ने हुन्छ ।

त्यसकारण विलासिता करले सुनचाँदी व्यवसायीलाई भन्दा पनि उपभोक्तालाई बढी मर्का पर्ने उनीहरुले बताए । व्यवसायीले सुनचाँदी सम्पत्ति भएको र सरकारले पनि सुनलाई सम्पत्तिको रुपमा राख्ने अधिकार दिएकाले विलासिता कर लगाउन नहुने दोहोर्‍याए ।

भारतमा सुनमा ६ प्रतिशत भन्सार र ३ प्रतिशत जीएसटी लाग्ने तर नेपालमा १० प्रतिशत भन्सार र ‘६ प्रतिशत’ विलासिता कर लाग्ने भएकाले मूल्य असमानताका कारण खुला सीमाको फाइदा उठाउँदै सुनको अवैध कारोबार बढ्न सक्ने व्यवसायीले बताए ।

सरकारको एउटा गलत कदमले उपभोक्तालाई मर्का पर्नुका साथै व्यवसायीसमेत धरापमा पर्न सक्ने काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष शाक्यले चेतावनी दिइन् । उनले २०६३ साल अघिसम्म उपभोक्ताले आवश्यकताअनुसार सुन किन्न पाउने भए पनि अहिले काँचो सुन किनबेचमा प्रतिबन्ध लगाइएको प्रति गुनासो गरिन् । ‘सरकार पछाडि फर्किने कि अगाडि बढ्ने ?’ उनले प्रश्न गरिन् ।

नेपालको सुन बजारमा २५ हजारभन्दा बढी व्यवसायी आबद्ध छन् । यो क्षेत्रले २ लाखभन्दा बढीलाई प्रत्यक्ष–परोक्ष रोजगारी दिएको छ । वार्षिक १ खर्बभन्दा बढीको सुनचाँदीको कारोबार हुन्छ भने सुनचाँदी व्यवसायबाट सरकारले कर नै वार्षिक २० अर्बभन्दा बढी संकलन गर्छ । तर, यो क्षेत्रलाई व्यवस्थित गर्न कानुन निर्माण गर्ने विषयमा भने सरकारको उदासीनता अचम्मलाग्दो छ । कानुन नबन्दा व्यवसायीले ढुक्कले व्यवसाय गर्न नसकिरहेको गुनासो गर्ने गरेका छन् ।

सुनचाँदी व्यवसायमा अहिले पनि ४०–५० प्रतिशत विदेशी कामदार छन् । तर, विदेशी कामदार प्रतिस्थापन गर्न, स्वदेशी युवालाई यो व्यवसायमा आकर्षित गर्न र सीप तथा क्षमतायुक्त बनाउन व्यवसायीबाट केही पहल भइरहे पनि सरकारी तवरबाट कुनै चासो देखाएको पाइँदैन ।

Chitwan Aaja चितवन आज
बुधबार, साउन २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब
सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

ताजा समाचार

सबै

हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

सभामुखमा डीपी अर्याल निर्विरोध

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

डिभिजन वन कार्यालय चितवनद्धारा देववृक्ष उत्पादन सुरु

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री प्रतिभा रावल

बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछः रवि लामिछाने

सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भनेः संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु

चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान

चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

बाजुरामा पूर्वाधार विस्तार भएपनि रोजगारी र आयआर्जन कमजोर छः जनकराज गिरी

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा भने सामान्य वृद्धि

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ५.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.