काठमाडौँ, १९ साउन :
मेडिकल व्यवसायी दुर्गा प्रसाईं दुइटा अदालतमा कुल २८ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
उच्च अदालत पाटनमा उनले २५ लाख रूपैयाँ धरौटी बुझाएको अदालतका सूचना अधिकारी पार्वती हितानले बताइन्।
उनका अनुसार प्रसाईंले बैंकिङ कसुर सम्बन्धी मुद्दामा धरौटी बुझाएर रिहा पाउने आदेश भएको छ।
यसअघि सोमबारै अर्को मुद्दामा काठमाडौं जिल्ला अदालतमा प्रसाईंले ३ लाख रूपैयाँ धरौटी बुझाएका जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए।
धरौटी बुझाएर बाँकी प्रक्रिया पूरा गर्न उनलाई डिल्लीबजार कारागार लगिएको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार