Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत २०, २०८२
☰
Logo शुक्रबार, चैत २०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ५. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ८. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ९. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • १०. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

नेपालमा नर्मल डेलिभरीभन्दा शल्यक्रियामा बढ्दो रुचि- के यो सही हो?

काठमाण्डौं, १८ साउन ।
नेपालमा शल्यक्रिया (सिजेरियन सेक्सन) मार्फत बच्चा जन्माउने दर ह्वातै बढेको छ । निजी अस्पतालहरूमा त ९० प्रतिशतभन्दा धेरैलाई शल्यक्रियामार्फत प्रसूति गराइने गरेको पाइन्छ भने सरकारीमा पनि बढ्न थालेको छ ।

तर बच्चा जन्माउन शल्यक्रिया नै नगरी हुँदैन ? यो बाध्यता हो कि आवश्यकता ? किन बढ्यो शल्यक्रिया ? यससँग जोडिएका आर्थिक, सामाजिक पक्षहरू केके छन् ? शल्यक्रियाले आमा र बच्चाको स्वास्थ्यमा के असर गर्छ ।

नेपालमा शल्यक्रियामार्फत बच्चा जन्माउने दर किन बढ्यो ?

शल्यक्रिया गरी प्रसूति गराउने दर बढ्नुका धेरै कारणहरू छन् । प्रायः डाक्टरहरूले महिलाहरूलाई अनुरोध गरेर बाध्य गराएर शल्यक्रियामार्फत बच्चा जन्माइन्छ भन्ने कुरा पूरै सत्य होइन । प्रसव पीडापछि आत्तिएर शल्यक्रियाका लागि कति प्रतिशतले अनुरोध गर्छन् भन्ने हेर्ने हो भने प्रायः एक प्रतिशतभन्दा कम हुन्छन् । चिकित्सकहरूले महिलाहरूकै आग्रहमा शल्यक्रियामार्फत बच्चा जन्माएकाले शल्यक्रिया गर्नेको दर बढ्यो भन्नु झुटो तर्क हो ।

एउटा मात्रै बच्चा पाउँछु व्यथा सहन सक्दिन । व्यथा लाग्नुभन्दा बरु अपरेसन नै गर्छु भन्ने चाहना अवश्य भएका महिलाहरूचाहिँ प्रायः प्राइभेट अस्पतालमा जान्छन् ।

अप्राकृतिक रूपमा व्यथा लगाइदिने औषधिहरू दिनेले पनि शल्यक्रिया गर्नुपर्ने बाध्यता हुन सक्छ ।
त्यसपछि शल्यक्रिया बढी हुन्छ, त्यसमा कुनै शङ्का नै छैन । किनभने प्राइभेट भनेको पैसा कमाउने अस्पताल हो । शल्यक्रिया नै गराउन भनेर महिला निजी अस्पतालमा पुगेपछि डाक्टरहरूलाई सजिलो भयो ।

सरकारीमा पनि शल्यक्रिया गरी जन्माउने दर किन बढिरहेको छ त ?

अप्राकृतिक रूपमा व्यथा लगाइदिने औषधिहरू दिनेले पनि शल्यक्रिया गर्नुपर्ने बाध्यता हुन सक्छ । महिलाहरूले छिटो बच्चा जन्माउन पाए हुन्थ्यो, यो व्यथा नसहन पाए हुन्थ्यो भन्ने गर्छन् । किनभने पहिलोचोटि बच्चा पाउने महिलाहरूको पाठेघर खुम्चिन, फुक्न समय लाग्छ । कम्तीमा १० देखि १२ घण्टा लाग्छ ।

यस अवधिलाई सहन सक्दैनन् र छिटो औषधि दिए हुन्थ्यो, बच्चा निकालिदिए हुन्थ्यो भन्छन् । डाक्टरहरूलाई पनि त्यो सुन्दा–सुन्दै इरिटेट लाग्छ । त्यसपछि अप्राकृतिक रूपमा व्यथा लगाउने औषधि (अक्सिटोसिन स्लाइन)बाट दिइन्छ । त्यसपछि पाठेघरको मुखमा मेजोप्रोस्टल औषधि राखिइन्छ, जसले बच्चा छिटो निस्किन्छ ।

कहिलेकाहीँ यसरी अप्राकृतिक रूपमा व्यथा लगाइदिँदा पनि सफल नहुन सक्छ । खुम्चेको पाठेघरको मुख नखुलेको अवस्थामा प्रसव पीडा लम्बिन सक्छ ।

एउटाभन्दा बढी बच्चा नपाउने भनी ‘किन रिस्क लिने’ भनेर पनि अपरेसन गर्छन् । किनकि डाक्टरहरू नै रिस्क लिन चाहँदैनन् ।

अप्राकृतिक रूपमा प्रयोग गरिएको औषधिले व्यथा लगाउँदा अनावश्यक रूपमा पाठेघर खुम्चिन्छ । पाठेघरमा भएको शिशुलाई असहज भएर भित्रै दिसा गर्छ, निसासिन्छ । उसलाई सास फेर्न गाह्रो हुन्छ । अनि दिसा गर्छ र खान्छ । जसका कारण अपरेसन दर तुलनात्मक रूपमा बढेको हो ।

घाँटीमा नाल बेरियो भने पनि डाक्टरहरूले शल्यक्रियामार्फत शिशुलाई निकाल्नुपर्छ भन्छन्, त्यो खास कारण होइन । घाँटीमा नाल त बेरिएकै हुन्छ, त्यो कुनै ठुलो कुरा होइन । त्यो निस्किने, बेरिने, पस्ने त भइरहेकै हुन्छ । नाल बेरिएकै कारण शल्यक्रिया गर्नु पर्दैन । तर अहिले प्रायः युवा डाक्टरहरू यसै कारणले पनि शल्यक्रिया गर्न अगाडि बढ्छन् ।

त्यसपछि अर्को, उमेर बढी भएका आमाहरूः विशेषगरी ३० वर्षदेखि माथि, विदेशतिर ३५ वर्षभन्दा माथिकाले शल्यक्रियामार्फत बच्चा जन्माउँछन् । यी उमेर समूहका महिलाका पाठेघरलगायत मांसपेशीहरू कसिएका हुन्छन् । जसका कारण नर्मल डेलिभरीबाट शिशु जन्माउन गाह्रो हुन्छ र शल्यक्रिया गर्नुपर्छ ।

एउटाभन्दा बढी बच्चा नपाउने भनी ‘किन रिस्क लिने’ भनेर पनि अपरेसन गर्छन् । किनकि डाक्टरहरू नै रिस्क लिन चाहँदैनन् ।

जुम्ल्याहा बच्चा हुने वेलामा भने खासै शल्यक्रिया गरिरहनुपर्दैन । तर कहिलेकाहीँ पर्छ । बच्चा तेर्सोगरी बसेको छ भने नर्मल डेलिभरीले हुँदैन ।

यी विविध समस्यामध्ये आमाको पाँच र बच्चाको पाँच प्रतिशत कारणले मात्रै शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

भनेपछि शल्यक्रिया गर्ने शिक्षित र सहरिया महिला बढी भए ?

पहिलो पटक सुत्केरी भएका शिक्षित महिलाले दोस्रो पटक अपरेसन गराउँछन् । शिक्षितहरूले खानपानसहित स्वास्थ्यलाई पनि ख्याल गरेका हुन्छन् । अशिक्षितहरू अलिकति कुपोषितहरू हुन सक्छन् । उनीहरूले झन् शल्यक्रिया धेरै गराउनुपर्ने, तर शिक्षित र स्वास्थ्य राम्रो भएकाहरूले बढी गराएका छन् ।

२२ प्रतिशत सहरियाहरूले शल्यक्रिया गराएका छन् भने १२ प्रतिशत ग्रामीण भगेकाले जबकि ग्रामीण दूरदराजका आमाहरूमा स्वास्थ्य समस्या धेरै हुने गर्छ ।

सहरका महिलामा ‘किन रिस्क लिने’ भन्ने गलत बुझाइ छ । शल्यक्रिया भनेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक, एमडी गरेका डाक्टरहरूले गर्छन् ।
सुदूरपश्चिममा शल्यक्रिया गरेर जन्माउने दर एकदमै कम छ, तर बागमतीमा डरलाग्दो छ । कोशीमा पनि त्यस्तै छ । १२ कक्षामाथि पढ्ने शिक्षित महिलाले ४८ प्रतिशतसम्म शल्यक्रिया गराएका छन् । १० देखि १२ प्रतिशतभन्दा बढी शल्यक्रियाबाट बच्चा जन्मिएको ठाउँलाई विश्व स्वास्थ्य संगठनले राम्रो मानेको छैन । शल्यक्रियालाई उसले बेकार मानेको छ । शल्यक्रियाबाट डाक्टर र अस्पताललाई मात्र फाइदा पुगेको छ ।

सहरका महिलालाई शल्यक्रियाबारे जानकारी कम भएर दर बढेको होला कि ?

सहरका महिलामा ‘किन रिस्क लिने’ भन्ने गलत बुझाइ छ । शल्यक्रिया भनेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक, एमडी गरेका डाक्टरहरूले गर्छन् । डाक्टरहरूलाई असामान्य प्रसूति, असामान्य गर्भावस्था र जटिल गर्भावस्था व्यवस्थापन मात्र पढाइएको हुन्छ, सामान्य तरिकाले सुत्केरी गराइने पढाइएको हुँदैन । जसकारण गर्भवतीलाई नियमित रूपमा जाँच गर्न जाँदै डाक्टरले एबनर्मल बिरामीका रूपमा हेर्छ, सोहीअनुसार व्यवहार गर्छ । अनि गर्भवतीको मनोविज्ञान पनि सोहीअनुसार बनाइन्छ । र अन्तिममा उनीहरू शल्यक्रिया गर्ने निष्कर्षमा पुग्छन् ।

डाक्टरले जे भन्छन्, सबै हो भन्न लागियो भने शतप्रतिशत सिजेरियन गर्नुपर्छ । नर्मल र शल्यक्रियाका फाइदा–बेफाइदाबारे जान्न नचाहेर र प्रसव पीडालाई रिस्क लिँदा समस्या उत्पन्न भएको हो ।

अस्पतालले किन शल्यक्रियामा जोड दिएको त ?

नर्मल डेलिभरी गराउन कम्तीमा एक महिलालाई १० देखि १२ घण्टा लाग्छ । अस्पताललाई पैसा पनि कम आउँछ । शल्यक्रियामार्फत जन्माए आधा घण्टामा काम सकिन्छ । पैसा पनि राम्रो कमाउन सकिन्छ । त्यसैले निजी अस्पतालहरू शल्यक्रियाबाटै जन्माउन खोज्छन् ।

शल्यक्रियाबाट आमा र बच्चाको स्वास्थ्यमा के समस्या देखापर्छ ?

दुवैमा दीर्घकालीन र अल्पकालीन असर देखापरेका विभिन्न अध्ययनले देखाएका छन् । अनावश्यक शल्यक्रियाले तत्काल मात्र नभई दीर्घकालीन रूपमा असर गर्छ । जस्तैस् आमाको घाउ पाक्ने, अर्को पटक गर्भावस्था जटिल हुने, बच्चामा दम, मधुमेह, मोटोपन, पाचन प्रणालीको समस्या देखापर्न सक्छ । -रातोपाटी बाट

Chitwan Aaja चितवन आज
आइतबार, साउन १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब
सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

ताजा समाचार

सबै

हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

सभामुखमा डीपी अर्याल निर्विरोध

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

डिभिजन वन कार्यालय चितवनद्धारा देववृक्ष उत्पादन सुरु

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री प्रतिभा रावल

बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछः रवि लामिछाने

सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भनेः संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु

चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान

चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

बाजुरामा पूर्वाधार विस्तार भएपनि रोजगारी र आयआर्जन कमजोर छः जनकराज गिरी

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा भने सामान्य वृद्धि

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ५.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.