काठमाडौँ, १४ साउन :
प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
सिन्धुलीका युवराज पौडेल ’सफल’ ले जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाकमार्फत उजुरी पठाएका हुन् ।
पौडेलले प्रधानमन्त्री ओलीसहित आरोपित विभिन्न व्यक्तिहरूले पदमा रहँदा शक्तिको दुरुपयोग गर्दै मानव तस्करी गरेको उजुरीमा जनाएका छन् ।
साथै उनले प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक तथा पूर्वगृहमन्त्रीसहितलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् ।