काठमाडौँ १४ साउन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक काठमाडौँमा नभएर भैरहवाको रमादा होटलमा बस्नेगरी बोलाएको पार्टी प्रवक्ता समेत रहेका सांसद मनिष झाले जानकारी गराएका छन् ।
अपराह्न १ बजेदेखि ४ बजेसम्म बस्ने दलको बैठकमा सहभागी हुन रास्वपाका सांसदहरू मङ्गलवार बेलुका र बुधवार बिहान त्यसतर्फ लागेका छन् ।