११ साउन, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरण, डोटी वितरण केन्द्र अन्तर्गत पर्ने दुईवटा गाउँपालिकामा आजबाट पाँच दिनसम्म दैनिक ९ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।
डोटी वितरण केन्द्र अन्तर्गत मौवा सबस्टेशनका कर्मचारी बलाराम पनेरुका अनुसार, पाँच दिनसम्म बिहान ७ देखि १२ र दिउँसो ३ देखि ७ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको हो ।
वितरण केन्द्रले हिजो नै सूचना जारी गरेको थियो ।
प्राधिकरणका अनुसार, डोटीको आदर्श र सायल गाउँपालिकामा विद्युत् अवरुद्ध हुनेछ ।






