७ साउन, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ को उपनिर्वाचनका लागि आजदेखि उम्मेदवार हुन इच्छुकका लागि आवेदन आह्वान गरेको छ ।
आवेदन अवधि दुई साताका लागि राखिएको छ । २१ साउनसम्म उम्मेदवार हुन इच्छुकले निवेदन दिन सक्नेछन् ।
निवेदन दिएकाहरुको नामावली २२ साउनमा प्रकाशित गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।
उम्मेदवारी उपर दाबी विरोधका लागि दुई दिन (साउन २३ र २४) का लागि छुट्याइएको छ । २५ साउनमा उम्मेदवारका लागि निवेदन दिनेहरुसँग छलफल राखिएको छ ।








