काठमाडौँ,७ साउन ।
नायवमहान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेले अवकाशअघि नै पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
डा घिमिरेले साउन २ देखि लागू हुने गरी स्वैच्छिक अवकाश पेस गरेका थिए ।








