काठमाडाैं, साउन १-
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउँदा उत्साह थपिएको बताएकी छिन् ।
सामाजिक सञ्जालमा भण्डारीको तस्वीरसहित स्टाटस लेख्दै कोइरालाले सक्षम व्यक्ति आएको भन्दै महिला नेतृत्त्व वर्गमा उत्साह प्रदान गरेको बताएकी हुन् ।
‘पूर्व राष्ट्रपति विद्योदेवी भण्डारीजीको सक्रिय राजनीतिमा पुनरागमनले सम्पूर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको छ,’ कोइरालाले लेखेकी छिन्, ‘उहाँ एक सक्षम, इमान्दार र उच्च राजनितिक संस्कार भएको व्यक्तित्व हुनुहुन्छ । उहाँलाई आगामी राजनीतिक यात्राको लागि हार्दिक शुभकामना ।’
७ वर्ष राष्ट्रपति भएकी भण्डारीले गत असार १४ गते पुनः एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।