Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत २१, २०८२
☰
Logo शनिबार, चैत २१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ८. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ९. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • १०. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

आफैँ खर्च जुटाएर बाद्यवादन सिक्दै महिला

काठमाडौँ ,असार २८ –
रामपुर नगरपालिका ५ स्थित बेझाडका महिलाले आफैँ खर्च जुटाएर बाद्यवादनसम्बन्धी सीप सिक्न थालेका छन् । कला, संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले यहाँका १० जना महिलाले बाद्यवादनसम्बन्धी सीप सिक्न थालेका हुन् ।

शिवकुमारी वाग्लेलाई मादलमा हात कसरी राख्ने भन्ने थाहा थिएन । गाउँघरमा अरुले लय निकालेर मादल बजाएको देख्दा आफूलाई पनि बजाउने रहर लाग्ने गरेको सुनाउँदै उहाँले १० जनाले संयुक्त रूपमा खर्च उठाएर मादल बजाउने सीप सिक्न थालेको जानकारी दिनुभयो । यसले कला, संस्कृतिको संरक्षण हुनुका साथै पुस्तान्तरणमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“यसअघि सीप सिक्ने इच्छा हुँदाहुँदै पनि उचित वातावरण थिएन । सानैदेखिको मादल बजाउने रहर अहिले आएर पूरा भएको छ । घरमा अहिले प्रायःजसो मादलका धुन गुञ्जिन्छ । मादल बजाउने कार्यमा एक किसिमको आदत जस्तै बनिसकेको छ”, वाग्लेले भन्नुभयो ।

सङ्गीत एउटा मन भुलाउने माध्यम हो भन्दै छोराछोरी बढ्दै गएपछि आफ्नो पेसामा व्यस्त हुँदा मादल बजाउने सीपले घरमा एक्लोपन हुन नदिएको वाग्लेले धारणा राख्नुभयो । “बाद्यवादन सिकेपछि अहिले घरमा सङ्गीत चलिरहन्छ, यसले मनलाई आनन्द दिनुका साथै समयको सदुपयोग र शरीर फुर्तिलो बन्दै गएको छ”, उहाँले भन्नुभयो ।

मादलबाहेक अन्य बाद्यवादनका सीप पनि सिक्दै जाने योजना रहेको उहाँले बताउनुभयो । बाद्यवादनतिर लाग्न थालेपछि मोबाइलको प्रयोग कम, अनावश्यक रूपमा खर्चिने समयको सदुपयोग र शारीरिक कसरत पनि भइरहेको वाग्लेले बताउनुभयो ।

गाउँमा अरुले थरीथरीका ताल निकालेर मादल बजाएको देख्दा सरिता अर्याल गैरेलाई पनि आफूले त्यसरी नै मादल बजाउने रहर थियो । आफ्नो मनभित्रका रहर अहिले पूरा हुन थालेका उहाँले बताउनुभयो । मादलमा हात राम्ररी चलाउन नजान्ने गैरे अहिले थरीथरीका ताल निकालेर बजाउनु हुन्छ ।

“सङ्गीतमा रुची धेरै छ, गाउँमा सङ्गीत सिक्ने पाठशाला छैन । पहिलेदेखिको रहर अहिले आफ्नै लगानीमा भएपनि सीप सिकेर पूरा गरिएका छौँ, अब मादलबाहेक अन्य बाद्यवादन बजाउने सीप सिकेर एउटा कुशल बाद्यवादक बन्ने अठोट छ, त्यो सपना पूरा गर्ने कोशिसमा छु”, उहाँले भन्नुभयो ।

तीज, विवाह, शुभकार्यमा गाउँघरमा युवा जनशक्ति कम हुँदै जादा मादल बजाउने व्यक्तिको अभावलाई परिपूर्ति गर्नका लागि महिलाहरु मिलेर सामूहिक रूपमा मादल बजाउने सीप सिकेको सीता सिग्देलले बताउनुभयो । मादल तथा प्रशिक्षकको आफैँ व्यवस्थापन गरेर करिब एक महिनासम्म मादल बजाउने सीप सिकेपछि अहिले सबैजसो लयमा बजाउन सक्ने भएको उहाँको अनुभव छ ।

सीप सिकेपछि घरमा समय मिलाएर बजाउने र विभिन्न लयमा सिक्ने कार्य भइरहेको तुल्सी रेग्मीले उल्लेख गर्नुभयो । घरमा मादल, हार्मोनियमलगायत विभिन्न थरीका बाद्यवादनका सामग्री रहेका भन्दै एक पटक सीप सिकेपछि विभिन्न लयमा बजाउन समस्या नभएको उहाँको अनुभव छ । उहाँले मादलसँगै हार्मोनियम, खैजडी, मुजुरालगायत बाद्यवादनका सामग्री बजाउने गरिरहनुभएको छ । घरमै बाद्यवादन भएकाले सो सामग्री व्यवस्थापनमा समस्या नभएको उहाँको भनाइ छ ।

रामपुर बेझाड स्थित राधाकृष्ण मन्दिरमा दिउँसोको समयमा यहाँका महिलालाई ऋषि ढकालले प्रशिक्षकका रूपमा सीप सिकाउनुभएको हो । आफूले जानेको सीप सिकाउन पाउँदा उत्साहित भएको उहाँले बताउनुभयो । सुरुमा सिकाउन गाह्रो भए पनि सहभागीले सिक्न थालेपछि सजिलो हुँदै गएको उहाँको अनुभव छ ।

“सुरुमा कसरी सिक्नुहुन्छ होलारु भन्ने लागेको थियो, मादलमा हात राम्ररी राख्न थालेपछि विस्तारै सिक्दै जानुभयो । दश दिन मादलमा हात बसाल्नै समय लाग्यो, त्यसपछि विस्तारै तालमा बजाउने सीप सिकेपछि अहिले एउटा बाद्यवादकले जसरी नै मादल बजाउनु हुन्छ । छोटो समयमा पनि राम्रो सीप सिक्नुभएको छ”, प्रशिक्षक ढकालले भन्नुभयो ।

मादलका लागि सिकारुलाई आठमात्राको ख्याली (जहाँ आठ प्रकारका ख्याली) बजाउन सिकाइने उहाँले जानकारी दिनुभयो । सहभागीले रत्यौली, पूजाआजा, भजनकीर्तनमा प्रयोग हुने मादलसम्बन्धी सीप हासिल गरेका प्रशिक्षक ढकालले उल्लेख गर्नुभयो ।

सानै उमेरदेखि बाद्यवादनमा लाग्नुभएका ढकालले ‘भित्रदेखि सिक्छु’ भनेर लागियो भने सङ्गीत सिकाइ पूरा हुने आफ्नो अनुभव सुनाउनुभयो । उहाँ भजनकीर्तन, पूजाआजा, शुभकार्य, विभिन्न कार्यक्रमलगायत विभिन्न कार्यमा सहभागी भएर बाद्यवादकको काम गर्दै आउनुभएको छ ।

यहाँका महिलाले रत्यौलीमा प्रयोग हुने ख्याम्टा, झ्यारे भाकाको ताल, झ्याउरे भाकालगायत सीप सिकेका छन् । पहिला बाद्यवादन क्षेत्रमा पुरुषकै वर्चश्व हुन्थ्यो । अहिले युवा जनशक्ति गाउँमा बसोबास नगर्दा पुरुष बाद्यवादक पनि कम हुँदै जान थालेको अवस्थामा रत्यौली, पूजाआजा, भजनकीर्तनलगायत विभिन्न कार्यक्रममा महिलाले बाद्यवादकको काम गर्न थालेपछि संस्कृति संरक्षणका साथै पुस्तान्तरण भइरहेको स्थानीय बताउँछन् ।

बाद्यवादनमा रुची भएका महिलालाई लक्षित गरेर सीप विकासको तालिम दिएमा कुशल बाद्यवादक उत्पादन हुने प्रशिक्षक ढकालले बताउनुभयो । “बाद्यवादन एउटा मानव मन भुलाउने माध्यम हो । यसले सबैको मनलाई छोएको हुन्छ । त्यसकारण तल्लो तहदेखि सीप विकास गर्नका लागि यस्ता खालका कार्यक्रममा सम्वद्ध निकायले जोड दिनुपर्दछ”, उहाँले भन्नुभयो । रासस

Chitwan Aaja चितवन आज
शनिबार, असार २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
गृहमन्त्री सुधन गुरुङको पहिलो साताः धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

ताजा समाचार

सबै

गृहमन्त्री सुधन गुरुङको पहिलो साताः धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

आरोप–प्रत्यारोप त्यागेर बिपी स्मृति अस्पताललाई अगाडि बढाऔँ :डा. शेखर कोइराला

फेवातालका टहरामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयको बिरोध

जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह

सरकार गठनपछि उठाएका मुद्दामा कारबाही सुरु हुँदा खुसीः अमरेस कुमार सिंह

काठमाडौंको विभिन्न स्थानबाट १३ जना प्रक्राउ

आज यी ३ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, ५ प्रदेशमा हावाहुरी चल्ने

हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

सभामुखमा डीपी अर्याल निर्विरोध

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

डिभिजन वन कार्यालय चितवनद्धारा देववृक्ष उत्पादन सुरु

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री प्रतिभा रावल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.