काठमाडौं, असार २६
प्रहरीले बानेश्वरस्थित संघीय संसद भवनमा ड्रोन खसालेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ।
बानेश्वरस्थित टेकस्पायर कलेजका प्राध्यापकसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए।
उनका अनुसार प्राध्यापक विजयबाबु रेग्मी, सोही कलेजका विद्यार्थीहरू सुजलकाजी श्रेष्ठ, समन महर्जन, अफ्ताव रेजा र समिप खतिवडालाई पक्राउ गरिएको छ।







