Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत २१, २०८२
☰
Logo शनिबार, चैत २१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ८. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ९. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • १०. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउँदै

काठमाडौँ , असार २५ –
लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँ नजिकको सडकमा राताम्मे छिद्रैछिद्र प्वालहरू भएको पहाड देख्न सकिन्छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाका रूपमा रहेको जोमसोम–कोरला राजमार्गअन्तर्गत उपल्लो मुस्ताङको यो राताम्मे पहाड यहाँको लोघेकर दामोदरकुण्ड–२ ढाक्मर गाउँ नजिकै अवस्थित छ ।

पहाड प्राकृतिक रूपमा आफैँ राताम्मे भएको अनुमान गरिए पनि ढाक्मर पहाड राताम्मे हुनुको कारण धार्मिक किंवदन्तीसँग जोडिएको स्थानीय बताउँछन् । भौतिक पूर्वाधार निर्माण गर्न थालेसँगै ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउन थालेका छन् । पछिल्लो समय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वाधार निर्माणलाई जोड दिन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको लोघेकर दामोदरकुण्ड गाउँपालिका कार्यालयले जनाएको छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेलका अनुसार ढाक्मर पहाड राताम्मे हुनको पछाडि गुरु पद्यसम्भवको कथासँग जोडिएको छ । “आठौँ शताब्दी ताका मुस्ताङको घमी खोला नजिक उत्तरतर्फ गुरु पद्यसम्भवले धर्मविरोधी राक्षसको भुडी चिरेर आन्द्राभुडी घमी खोलामा फ्याकेको र त्यस क्रममा राक्षसको रगत निकालेर ढाक्मर गाउँको विशाल पहाडमा मिल्काइएकाले उक्त पहाड राताम्मे भएको किंवदन्ती छ”, उहाँले भन्नुभयो ।

घमी खोला नजिक राक्षसको आन्द्राभुडी निकालेर फालेकाले त्यहाँ राक्षसको आन्द्राभुडी आकृतिको करिब २०० मिटर लामो पर्खाल निर्माण गरिएको छ । राक्षसको रगतले पोतिएकाले ढाक्मरको विशाल पहाड रातो हुन पुगेको धार्मिक जनविश्वास रहेको अध्यक्ष छोम्फेलको भनाइ छ ।

ढाक्मर गाउँ नजिकको विशाल पहाडको लम्बाइ करिब दुई किलोमिटरभन्दा बढी छ । उत्तरी कोरलानाका र उपल्लो मुस्ताङको भ्रमण गर्ने जोकोही पर्यटकले मुस्ताङको घमी पुग्दा यहाँँ अवस्थित राताम्मे पहाड देख्न सक्छन् । “यहाँको पर्यटन प्रवर्द्धन तथा आवश्यक प्रचारप्रसार नहुँदा कलात्मक पहाड र ऐतिहासिक महत्त्वबारे पर्यटन बेखबरजस्तै हुने गरेका पायौँ”, उहाँले भन्नुभयो ।

ऐतिहासिक तथा धार्मिक मान्यता रहेको कलात्मक छिद्रछिद्रमा एक सयभन्दा बढी गुफा रहेका अध्यक्ष छोम्फेलले जानकारी दिनुभयो । यहाँ थुप्रै छिद्रछिद्र गुफा रहे पनि ढाक्मर गाउँ नजिक जियो पार्क आसपास रहेको पहाडमा अवस्थित केही गुफालाई पर्यटकीय हबका रूपमा विकास गर्ने लक्ष्यअनुसार पूर्वाधार निर्माण भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

ढाक्मर गाउँको जियोपार्क सम्पदासँग जोडिने गरी यहाँको अग्लो स्थानस्थित गुफासम्म पुग्न गाउँपालिकाले रेलिङसहितको सिँढी बाटो निर्माण गरेको अध्यक्ष छोम्फेलको भनाइ छ । “जियो गुफासम्म पुग्न अहिले केही कठिन छ । चालु वर्ष हामीले रु १५ लाख खर्च गरेर गुफासम्मको रेलिङ र सिँढीसहित आधा बाटो निर्माण गरेका छौँ”, अध्यक्षले भन्नुभयो, “आगामी आवमा गुफासम्म पुग्ने सम्पूर्ण पूर्वाधार निर्माण गर्नेगरी रु २५ लाख बजेट विनियोजन गरेका छौँ, अब यस क्षेत्रको पर्यटन विकासमा गाउँपालिकाले योजनाबद्ध काम गर्नेछ ।”

ढाक्मर गाउँ नजिकको पहाडमा करिब दुई हजार वर्ष पहिले खोपेर गुफैगुफा निर्माण गरिएको लोघेकर–२ का वडाध्यक्ष थुक्तेन छिरिङ गुरुङले उल्लेख गर्नुभयो । “यहाँ बस्ती निर्माण हुनु अघि यहाँका पहाड मानिसले खोपेर गुफा बनाई आश्रय लिने गरेका जानकारहरू बताउँछन् । यहाँ दर्जनौँ छिद्रछिद्र गुफाहरू अवस्थित छन्”, उहाँले भन्नुभयो ।

गाउँ नजिक रहेका गुफालाई स्थानीय र पालिकाको सहकार्यमा जियो पार्कका रूपमा विकास गर्न सुरु गरिएको वडाध्यक्ष गुरुङले जनाउनुभयो । जियोपार्क गुफामा विदेशी पर्यटक ध्यानसाधना गर्न आउने गरेका उहाँको भनाइ छ । “राताम्मे जियोपार्क गुफाबाट नीलगिरि हिमाल र आसपासका हिमशृङ्खला मनमोहक र सुन्दर देखिन्छन् । यसलाई ध्यानसाधना केन्द्र मात्रै होइन, दृष्यावलोकन गर्न मिल्नेगरी पूर्वाधार निर्माण भइरहेका छन्”, उहाँले भन्नुभयो ।

जियोपार्क गुफा प्रवर्द्र्धन गर्न लोघेकर दामोदरकुण्डसँगै सामाजिक विकास कार्यालय मुस्ताङले पनि सहकार्य गरेको छ । कार्यालयले मानव निर्मित जियोपार्क गुफामा रेलिङसहितको जियो प्रोटेक्सनवाल निर्माण गरिरहेको कार्यालयका प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो । उहाँले गुफाबाट सजिलै बिनाजोखिम दृष्यावलोकन गर्न सकिने गरी चालु आवमा रु १० लाख बजेट खर्चिएर वाल निर्माण गरिएको बताउनुभयो । यहाँ पर्यटकीय सम्भावना बढी रहेकाले पर्यटन प्रवर्द्धन गर्न स्थानीयवासीसँग सहकार्य गरिएको उल्लेख गर्नुभयो ।

कृषि र पशुपालन व्यवसायमा आश्रित ढाक्मर गाउँका स्थानीय विस्तारै पर्यटनसँग जोडिने दर्जीले बताउनुभयो । “सोही कारणले यहाँ ठूलो क्षेत्रफलमा हरियाली जियोपार्क निर्माण गरिसकेका छौँ । केही वर्षअघि पार्क वरिपरि प्रदेश सरकारले रु ३० लाखबाट कम्पाण्ड घेराबार गरेको थियो । साथै पार्कभित्र छप्पनी ढुङ्गा बिच्छ्याएर पेटी निर्माण भएको छ”, उहाँले भन्नुभयो ।

पार्कलाई पर्यटन हबका रूपमा विकास गर्ने लक्ष्यसहित स्थानीयले रु ६५ लाख चन्दा सङ्कलन गरी विशाल बुद्धको मूर्ति स्थापना गरिएको स्थानीयको भनाइ छ । जोमसोम–कोरला सडकबाट पश्चिमतर्फको दुई किमी दूरीमा ढाक्मर गाउँ पुग्न सकिन्छ । मुस्ताङको घमी हुँदै पनि ढाक्मर गाउँ पुग्न सकिन्छ । यहाँको कच्ची सडक हुँदै विश्वको पहिलो र पुरानो दाबी गरिएको मराङमा अवस्थित लोघेकर अर्थात् घर गुम्बा पुग्न सकिन्छ । रासस

Chitwan Aaja चितवन आज
बुधबार, असार २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
गृहमन्त्री सुधन गुरुङको पहिलो साताः धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

ताजा समाचार

सबै

गृहमन्त्री सुधन गुरुङको पहिलो साताः धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

आरोप–प्रत्यारोप त्यागेर बिपी स्मृति अस्पताललाई अगाडि बढाऔँ :डा. शेखर कोइराला

फेवातालका टहरामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयको बिरोध

जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह

सरकार गठनपछि उठाएका मुद्दामा कारबाही सुरु हुँदा खुसीः अमरेस कुमार सिंह

काठमाडौंको विभिन्न स्थानबाट १३ जना प्रक्राउ

आज यी ३ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, ५ प्रदेशमा हावाहुरी चल्ने

हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

सभामुखमा डीपी अर्याल निर्विरोध

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

डिभिजन वन कार्यालय चितवनद्धारा देववृक्ष उत्पादन सुरु

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री प्रतिभा रावल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.