काठमाडौं, असार ५
मकवानपुरको थाहा नगरपालिका- १ स्थित कुन्छाल बस्तीमा एक महिलाको विभत्स तरिकाले हत्या गरिएको छ।
बिहीबार दिउँसो बिहीबार दिउँसो सवा २ बजेतिर ५५ वर्षीया तुलुमाया गोपालीको हत्या अन्दाजी ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियार प्रयोग गरी गरेका हुन्।
देवर नाता समेत पर्ने छिमेकमै बस्ने ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियार प्रहार गरी तुलुमाया (भाउजु)को हत्या गरेका हुन्।
घटनापछि हत्या आरोपित जीवन गोपाली आफैं हतियारसहित अपराह्न ३ बजेर ४० मिनेट जाँदा इलाका प्रहरी कार्यालय पालुङमा उपस्थित भएका थिए।







