१ असार, काठमाडौं-
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ ।
नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ ।
त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ ।
वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।
मूल्य बढेसँगै अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १ सय ६० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १ सय ४५ रुपैयाँ पर्नेछ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार