काठमाडौं जेष्ठ २७,
गैंडाकोट- सिजी धाम मन्दिरको गजुर सफा गर्ने क्रममा लडेर एकजना गम्भीर घाइते भएका छन्।
नवलपुरको देवचुली नगरपालिका २ स्थित सिजी धाम मन्दिरको गजुर माथी चढी सरसफाई गर्ने क्रममा करिब ८ मिटर माथीबाट खसेर एक पुरूष गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
घाइते हुनेमा देवचुली ५ बस्ने बर्ष १९ को यम बहादुर मगर रहेका छन्। उनको टाउको,नाक,घाटी,शरिरमा चोट लागी उपचारको लागि मनकामना अस्पताल भरतपुर चितवन पठाईएको छ। हालसम्म उनी बेहोस अवस्थामा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ। उनी हिजो उक्त गजुर सफा गर्ने क्रममा लडेका थिए।







