२६ जेठ, काठमाडौं ।
सोमबार चाँदीको भाउ उच्च मूल्यमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन चाँदीको भाउ प्रतितोला २ हजार १ सय ५० रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।चाँदी उच्च मूल्यमा, सुन १ सय घट्यो
त्यस्तै सोमबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ रहेकोमा आज १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।







