काठमाडौँ, २५ जेठः
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जली प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
आइतबार पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेपालले आफु सुशासनको पक्षपाती भएकोले अनुसन्धान हुनुनै हुदैन नभनेको स्पष्ट गरेका छन् । उनले भनेका छन्- ‘अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ।
अनुसन्धान हुँदै जाला। मैले अनुसन्धान हुनुहुँदैन भनेको छैन। म सुशासनको पक्षपाती हुँ। तर, मैमाथि यो किसिमको आरोप लागेको छ। यसको कानूनी उपचार हुन्छ। हाम्रा कानूनका जानकार साथीहरुले एक हजार पृष्ठको पुराना दस्तावेजहरु अनुसन्धान गर्दै हुनुहुन्छ।’
नेपालले फरक प्रसँगमा भने- ‘वर्तमान सरकार बदलाको भावनाबाट सञ्चालित छ। हामीले भनेका छौँ सरकार यो वा त्यो बहानामा बदला लिने उद्देश्यले सञ्चालित नहोस् । अर्को कुरा कार्यकार्तालाई झोले बनाउने काम पनि नगर्नुहोस्। असली कार्यकर्ता उत्पादन गर्नुहोस्, झोले होइन। ओलीजीले बदलाको राजनीति छोडनुपर्छ । हामिले सरकारले गलत बाटो त्यागोस्। हामीले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा वकालत गर्दै आएका छौँ। सरकारलाई हामी खबरदारी समेत गर्दै आइरहेका छौँ।’