काठमाडाैं जेठ १७
राजतन्त्र पुनःस्थापनाको मागसहित काठमाडौंमा जारी राजावादीहरूको आन्दोलन आज तेस्रो दिनमा प्रवेश गरेको छ।
शनिबारको प्रदर्शन शान्तिवाटिकाबाट शुरू भएर बालुवाटारतर्फ अगाडि बढेको छ ।
‘संयुक्त जनआन्दोलन समिति’को नेतृत्वमा भएको प्रदर्शनका लागि शुरूमा नारायणहिटी दरबार क्षेत्रलाई केन्द्र बनाउने तयारी गरिएको थियो ।
तर, काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि प्रदर्शन स्थल परिवर्तन गरेर शान्तिवाटिकामा भेला गरेका थिए ।
राजावादी समूहले राजसंस्थाको पुनःस्थापना र वर्तमान व्यवस्थाविरुद्ध आवाज उठाउँदै आन्दोलन थालेको हो ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार










