१५ जेठ, काठमाडौं
चालु आर्थिक वर्ष २०८१र८२ मा कुल विनियोजनको ८९।४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान सरकारले गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आवको बजेटको संशोधित अनुमान पेश गरेका हुन् ।
यस वर्ष सकरारले १८ खर्ब ६० अर्ब बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यो अब १६ खर्ब ६२ अर्ब अर्थातः ८९।४ प्रतिशतमा खुम्चिने अनुमान सरकारले गरेको हो ।
चालु खर्च विनियोजनको ८८।५ प्रतिशत र पूँजीगत तर्फ ८३ प्रतिशत प्रतिशत हुने सरकारको अनुमान छ । वित्तीय व्यवस्थातर्फ भने ९७।६ प्रतिशत खर्च हुने भएको छ । यस आवमा राजस्व परिचालन १७।१ प्रतिशतले बढ्ने अनुमान अर्थमन्त्रीले गरेका छन् ।