काठमाडौँ वैशाख १८
शुक्रबार सार्वजनिक हुने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विगतको तुलनामा छोटो हुने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो ।
मन्त्रिपरिषद्बाट पारित कार्यक्रम विगतको तुलनामा आधा छोटो रहेको एक मन्त्रीले जानकारी दिए ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा वाचन गरेर सार्वजनिक गर्दैछन् ।
‘विगतमा संसदमा राष्ट्रपतिले डेढ घण्टा वाचन गर्ने गरिएको थियो तर यस पटकको नीति तथा कार्यक्रम विगतको तुलनामा करिब आधा छोटो हुनेछ’ सर्वसाधारणले बुझ्ने र सरकारले पूरा गर्नसक्ने विषयलाई मात्र कार्यक्रममा समेटिएको छ ।’
राष्ट्रपतिले वाचन गर्ने यस पटकको नीति तथा कार्यक्रम पाँच हजार देखि ५५ सय शब्दको मात्र हुनेछ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







