काठमाडौं, वैशाख १५
तीनकुनेमा भएको प्रदर्शनमा उपद्रव मच्चाएको आरोपमा पक्राउ परेका थप १२ जनालाई प्रहरीले थुनामुक्त गरेको छ ।
बयान सकेर थप एक दर्जन आरोपीहरूलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
उनले भने, ‘अहिले थप १२ जनालाई छाडिएको छ ।’
हाजिर जमानीमा हिरासत मुक्त गरिए पनि उनीहरूको मुद्दा नसकिएको एसपी बोहराले बताए । यसअघि कोटेश्वर स्थित भाटभटेनीमा लुटपाट र तोडफोडमा संलग्न २१ जनालाई रिहा गरिएको थियो ।







