Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, माघ १२, २०८२
☰
Logo सोमबार, माघ १२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ३. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ५. आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ६. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ७. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ८. वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

  • ९. मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २०% छुट

  • १०. चुनाब लड्न भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

शिक्षकहरूको आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा रोकिने सम्भावना

काठमाडौँ वैशाख ४
शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को वार्षिक परीक्षा रोकिने सम्भावना बढेको छ । वैशाख ११ गतेदेखि वार्षिक परीक्षा हुँदैछ । तर, शिक्षक कर्मचारीहरूको आन्दोलनका कारण उक्त मितिमा परीक्षा हुने वा नहुनेमा अन्योल देखिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले शिक्षकहरू नै सहभागी नहुने भएपछि परीक्षा सञ्चालन गर्न नसकिने बताए । ‘शिक्षकहरू नै नभएपछि परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ ? अहिलेसम्म उहाँहरूको समस्या समाधान भएर परीक्षामा आउनुहुन्छ भन्नेमा हामी आशावादी छौँ,’ अध्यक्ष शर्माले भने ।

तोकिएको मितिमा परीक्षा सञ्चालन नभएको खण्डमा त्यसको असर सम्पूर्ण शैक्षिक क्षेत्रमा पर्ने उनको भनाइ छ । विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शैक्षिक क्यालेन्डरमा असर पर्ने बताउँदै उनले चाँडै समस्याको समाधान भएर काममा फर्किनेमा बोर्ड आशावादी छ ।

शिक्षकहरू परीक्षामा सहभागी हुने वा नहुनेमा अन्योल भइरहेका बेला बोर्डले भने आन्तरिक तयारी अगाडि बढाएको छ । आन्तरिक तयारी बोर्डले गरिरहे पनि तोकिएको मितिबाट परीक्षा हुने वा नहुनेमा बोर्ड नै अन्यौलता देखिएको छ ।

बोर्डले परीक्षामा सहभागी हुन शिक्षकहरू अनुरोध समेत गरेको छ । एक विज्ञप्ति जारी गर्दै बोर्डले परीक्षामा सहभागी भएर परीक्षालाई सफल पार्न अनुरोध गरेको हो ।

आफ्ना पेसागत हकहित र सुरक्षा सँगसँगै आफ्ना आज्ञापालक विद्यार्थीको भविष्य एवम् प्राथमिकताको संवेदनशील पक्षलाई आत्मसात् गर्दै पेसागत उत्तरदायित्वकै रूपमा उत्तर पुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा खटिन शिक्षकहरूमा अनुरोध गरेको हो ।

साथै विद्यार्थीहरूलाई परीक्षा तयारीका लागि धैर्यताका साथ निरन्तर लाग्न अनुरोध गरेको छ । यसका लागि अभिभावक तथा अन्य सरोकारवाला पक्षबाट समन्वय र सहयोगको अपेक्षा बोर्डले गरेको छ ।

कक्षा १२ का विद्यार्थीहरू विद्यालय तहको अन्त्यमा राष्ट्रिय रूपमा लिइने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा दिनका लागि उत्सुकताका साथ पर्खाइमा छन् । विद्यार्थीलाई गरेको मिहिनेत तथा सरकारले गरेको लगानी समेतको सूचक भएको कक्षा १२ को परीक्षा अत्यन्तै संवेदनशील र मानवीय पक्ष भएको बोर्डले जनाएको छ ।

कक्षा १० को उत्तर पुस्तिकाको परीक्षण गर्ने काम र कक्षा १२ को परीक्षा सञ्चालन व्यवस्थापन गर्ने जिम्मेवारी शिक्षकहरूको सहभागिताबाट मात्र सम्पन्न हुने बोर्डले जनाएको छ । विद्यार्थीको गुणस्तरीय सिकाई उपलब्धिका लागि शिक्षकको पेसागत सुरक्षा र प्राज्ञिक उन्नयन तथा विद्यार्थीको अवसर र प्राथमिकता सँगसँगै जानुपर्ने बोर्डले जनाएको छ ।

नेपाल शिक्षक महासङ्घले भने विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म कुनै प्रकारका परीक्षामा सहभागी नहुने जनाएको छ । महासङ्घ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले ऐन जारी भएपछि मात्रै कक्षा १२ को परीक्षा गराउने बताए । परीक्षा एक साता अघिपछि गर्दा केही फरक नपर्ने उनको भनाइ छ ।

‘कक्षा १२ का परीक्षा छ । त्यो पनि एक हप्ता पछि गर्‍यो भने आकाश खस्दैन । जमिन पनि पल्टिँदैन । भूकम्प पनि आउँदैन । त्यो मितिमा ऐन जारी गरिदिएपछि हामी नै अग्रसर भएर परीक्षालाई सफल पार्छौ,’ अध्यक्ष सुवेदीले भने ।

 

Chitwan Aaja चितवन आज
बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
एकैदिन ५२ सयले बढेपछि सुनको मूल्य पुग्यो प्रतितोला ३ लाख ९
महिला टी-२० विश्वकप ग्लोबल छनोटः स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको दोस्रो भागको काम सकियो, एकभाग बाँकी

ताजा समाचार

सबै

एकैदिन ५२ सयले बढेपछि सुनको मूल्य पुग्यो प्रतितोला ३ लाख ९

महिला टी-२० विश्वकप ग्लोबल छनोटः स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको दोस्रो भागको काम सकियो, एकभाग बाँकी

आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

देवघाट धाममा शतचण्डी महायज्ञ तथा देवघाट महा–महोत्सव आयोजना हुँदै

जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

उज्यालो नेपालका १५ नेताले गरे पार्टी त्यागेको औपचारिक घोषणा

रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिटमा थप सक्कल प्रमाण कागजात झिकाउन आदेश

जनताबाट पराजित नेता राष्ट्रिय सभा निर्वाचित

सर्वोच्चको आदेशद्वारा रेशमलाल चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

झापा- ५ मा बालेनबिना घरदैलो : श्रीमतीदेखि सचिवालयसम्म सहभागी हुने

स्वास्थ्यमन्त्री डा गौतमद्वारा तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक

भोलि सुदूरपश्चिम जाँदै बालेन, अछामदेखि कैलालीसम्म चुनाव प्रचार गर्ने

खुला विश्वविद्यालय उद्यमशीलताउन्मुख र नवप्रवर्तनमुखी जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्छ- प्रधानमन्त्री कार्की

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृित्तभरण सुरु

गगन थापा जनकपुर जाने कार्यक्रम रद्द

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ३.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ५.
    आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ६.
    पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.