भोजपुर, चैत ०४-
भोजपुरमा भीषण आगलागी भएको छ ।
भोजपुर नगरपालिका–१२ स्थित इनामे सामुदायिक वनबाट लागेको डढेलो बस्तीमा फैलिँदा आठ घर जलेर नष्ट भएको हो ।
भोजपुर प्रहरीका अनुसार, स्थानिय रुद्रप्रसाद ढकालसहित आठजनाको घरमा आगो लागेको हो ।
आगलागीबाट स्थानीय कालीदास चपागाईंको पाली, सोभित श्रेष्ठको घर र पाली, गोपीकृष्ण धमलाको पाली, गोविन्द चापागाईंको पाली, रुद्रप्रसाद ढकालको घर र पाली, गोमा दमाईको घर, रामबाहदुर कार्कीको घर र पाली र शंकर धमलाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।







