काठमाडौँ चैत ३
नेपाली बजारमा आज सुनको मुल्य रेकर्ड मूल्यबाट केही घटेको छ ।
साताको कारोबारको पहिलो दिन आज आइतबार सुन रेकर्ड मूल्यबाट केही घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । जुन मूल्य हालसम्मकै उच्च थियो।
शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको हो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार ५ रुपैयाँले घटेर तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार