इन्दिप कोइराला
बारा, २७ जेठ –
बारामा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या गरिएको छ |
बाराको कलैया उपमहानगरपालिका ९ रामपुरका अहमद मिया चुरिहारलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शुक्रबार साँझ प्रहरीले शव बरामद गरेको हो ।
पालिकाको सोही वडामा रहेको भिआइपी इट्टा भट्टामा मियाको शव रगतमय अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले हत्याको अनुसन्धान गरी रहेको बताएको छ । – न्युज कारखाना