सुर्खेत २३ फागुन
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नुन बाहेक सबै कृषि उपजमा आत्मनिर्भर बन्दै गएको बताएका छन् । कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।
‘उत्पादनको हिसाब पनि बढेको छ, जनसङ्ख्या बढेको छ, आवश्यकता पनि बढेकाले कम भएजस्तो भएको हो,’ उनले भने, ‘विभिन्न जिल्लाहरूमा फलफूल खेतीको लहर पनि बढेको छ।’
अहिलेको राजनीतिमा कतै अलमल हुनुहुँदैन । हामीले ल्याएको लोकतन्त्र सही तरिकाले अघि बढेको छ । व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने कुरा सत्य हैन । त्यो बेला बाल मृत्युदर नै धेरै थियो । अहिले त्यो रोकिएको छ ।’
उनले अहिले फुसका छानालाई जस्ताका पाताले विस्थापित गरिएको समेत बताए । ‘युगान्तकारी काम गरेका छौँ । भुईँचालो गयो, त्यत्रो तर जुरुक्क उचालेर काम गरेका छौँ । जाजरकोट भूकम्पको पुनर्निर्माणको काम पनि अघि बढेको छ’ उनले भने ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







