काठमाडाैं फागुन १७,
झापाबाट सशस्त्र प्रहरीले ३ सय १ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
झापाको भद्रपुर नगरपालिका– ३ स्थित झोलुङ्गे पुलबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट महेशपुरबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा तनहुँको भानु नगरपालिका– १२ कवाजितका २४ वर्षीय र सुनसरीको रामधुनी नगरपालिका– ३ सिंघियाका २७ वर्षीय युवक छन् ।
बा ९० प १६७५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई गस्तीमा रहेको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।
उनीहरू सवार स्कुटरको ब्याट्री रहने बक्स भित्र ४ वटा प्याकेटमा ल्याएको ब्राउन सुगर प्रहरीले बरामद गरेको हो ।
थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता, सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।







